ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ब्रह्मपुत्र थुन्ने’ चीनको विशाल परियोजना के हो ?


abc news

काठमाडौँ । चीनले विश्वमा सबैभन्दा धेरै बाँधहरू निर्माण गरेको छ । डिसेम्बर २०२४ मा चीनले विश्वको सबैभन्दा ठूलो र सबैभन्दा महत्वाकांक्षी बाँध निर्माण गर्ने योजनालाई अनुमोदन गर्यो ।

यस बाँध मार्फत् चीनले जलविद्युत् उत्पादन बढाउनेछ । यसले बिजुलीका निम्ति कोइलामा रहेको निर्भरता घटाउने चीनको प्रयासलाई तीव्रता दिनेछ ।

जटिल इन्जिनियरिङ प्रयोग गरेर बनाइएको यो बाँध पूरा हुन कयौँ वर्ष लाग्नेछ । तर यो बाँध बन्ने स्थान र विशाल आकारलाई लिएर चिन्ताहरु व्यक्त गरिँदैछ ।

आखिर चीनले विश्वको सबैभन्दा ठूलो बाँध किन बनाउँदैछ त ?

‘सुपर ड्याम’
अमेरिकी राजधानी वाशिंगटन डीसीको स्टिमसन सेन्टरमा ऊर्जा, पानी तथा दिगोपन कार्यक्रमका निर्देशक ब्रायन आयलर पन्ध्र वर्षदेखि चीनमा बस्दै र काम गर्दै आएका छन् । उनले विश्वभरका बाँध डिजाइनहरूको अध्ययन गरेका छन् । उनको अनुसार यो एक ‘सुपर ड्याम’ (महाबाँध) हुनेछ ।

साथै, जहाँ यो बाँध निर्माण भइरहेको छ, त्यो ठाउँ यति दुर्गम क्षेत्र हो कि असाध्यै कम मान्छेमात्रै त्यहाँ पुगेका छन् । हालसम्मका लागि विश्वको सबैभन्दा ठूलो जलविद्युत् बाँध चीनको थ्री गर्जेज बाँध हो, जुन चीनको सबैभन्दा लामो नदी याङ्त्जेमा निर्माण गरिएको छ ।

ब्रायन आयलरले भने, ‘यो नयाँ बाँधसँगै चीनले थ्री गर्जेजभन्दा तीन गुणा बढी जलविद्युत् उत्पादन गर्न सक्षम हुनेछ । यो बाँधमा ६० गिगावाट ९६० हजार मेगावाट० बिजुली उत्पादन गर्ने क्षमता छ।’

उनले थपे, ‘विश्वका धेरैजसो देशहरूसँग यति ठूलो मात्रामा बिजुली उत्पादन गर्ने क्षमता छैन । यस बाँधको बारेमा एउटा अनौठो कुरा यसको स्थान हो । थ्री गर्जेज बाँध चीनको मध्येभागमा, औद्योगिक क्षेत्रमा बनेको छ । जबकी, यो सुपर ड्याम तिब्बतको दुर्गम क्षेत्रमा रहेको यार्लुङ चाङ्पो (ब्रह्मपुत्र) नदीमा निर्माण गरिनेछ ।’

चीनले तिब्बतलाई सन् १९५० को दशकमा कब्जा गरेको थियो र अहिले त्यहाँ चीनको शासन छ । यो बाँध त्यस्तो ठाउँमा निर्माण हुने अनुमान गरिएको छ— जहाँ नदीमा ठूलो मोड छ । जसलाई ‘ग्रेट ब्याण्ड’ भनिन्छ ।

ब्रायन आयलर भन्छन्, ‘यो बाँध कहाँ निर्माण गरिने छ भन्ने बारेमा कुनै जानकारी सार्वजनिक गरिएको छैन । यस बाँधको लागि हिमालय क्षेत्रका पहाडहरूमा लामा–लामा सुरुङ खनेर नदीको दिशा परिवर्तन गरिनेछ । सुरुङहरूबाट ठूलो मात्रामा पानी द्रुत रफ्तारमा निस्कँदा पावर जेनेरेटर टर्बाइन घुम्नेछ, जसले बिजुली उत्पादन गर्नेछ ।’

अधिकतम मात्रामा विजुली उत्पादन गर्नका लागि बाँधलाई सबैभन्दा उच्च स्थानमा बनाउनु जरुरी हुन्छ । अर्थात्, बाँधको उचाई र विद्युत् गृहको गहिराईबीच ठूलो दुरी तय हुन सकोस् । ग्रेट ब्याण्डको ‘ढलान’ २००० मिटर लामो छ । त्यसैले त्यहाँ अधिक मात्रामा विजुली उत्पादन गर्न सम्भव हुन्छ ।

अहिलेसम्म उक्त परियोजनाले कति मानिसहरूलाई विस्थापित र स्थानान्तरण गर्छ भन्ने थाहा नभएको ब्रायन आयलर बताउँछन् । उनी भन्छन्, ‘नब्बेको दशकमा, जब थ्री गर्जेज बाँध निर्माण भइरहेको थियो, लगभग दस लाख मानिसहरूलाई पुनर्वास गरिएको थियो । यहाँ, सायद यति धेरै मानिसहरू विस्थापित नहुन सक्छन् ।’

यद्यपि, जब थ्री गर्जेज बाँध बनिरहेको थियो, त्यस ताका चीनको अर्थतन्त्र उच्च दरमा बढिरहेको थियो । त्यसले गर्दा विस्थापितहरुलाई अर्को स्थानमा पुनर्वास गराएर रोजगारी दिन सजिलो थियो । अहिले चीनको अर्थतन्त्र सुस्त बृद्धिमा छ । यस कारण विस्थापित मानिसहरुका लागि कयौँ समस्या उत्पन्न हुनसक्ने अनुमान पश्चिमा विशेषज्ञको छ ।

चीनको दाबी
चिनियाँ प्रशासनले यो बाँध निर्माण गर्दा वातावरणमा धेरै कम असर पर्ने बताएको छ । तर ब्रायन आयलर चाहीँ पुनर्वास पछि नदी किनारका धेरै तिब्बती पवित्र स्थलहरू नष्ट हुने र तिब्बती जनताको पहिचान खतरामा पर्ने बताउँछन् ।

प्रकृतिको बीचमा जीवन विताइरहेका मानिसहरुलाई जब त्यहाँबाट हटाइने छ, त्यसले आदिवासीहरुको मानसिक स्वास्थ्यमा पनि असर पर्ने उनको भनाइ छ ।

एक अनुमान अनुसार, यो विशाल बाँध निर्माण गर्न १ खर्ब २७ अर्ब डलर खर्च हुन सक्छ । यसबाहेक बाँधस्थलमा जडान हुने विजुलीघरहरुबाट उत्पादित ऊर्जलाई चीनको भित्री इलाकासम्म पुर्याउन थुप्रै ‘हाई–भोल्टेज’ प्रशारण लाइनहरुको निर्माण गर्न र बाँधको मर्मत सम्भार तथा सुसञ्चालन गर्नमा पनि ठूलो खर्च हुने छ ।
चिन्ताको अर्को विषय के हो भने, हिमालय क्षेत्रमा बारम्बार भूकम्प जाने गर्छ । गत महिना तिब्बतमा गएको भूकम्पमा कम्तिमा १२७ जनाको मृत्यु भएको थियो र सयौं मानिस घाइते भएका थिए ।

जुन नदीमा यो बाँध बनिरहेको छ, त्यो चीनबाट बाहिरिएपछि अन्य देशहरूमा बग्छ । ती देशहरू यस बाँधको विषयलाई लिएर चिन्तित छन् ।

नदी र प्रतिद्वन्द्वी
भारत–चीन सम्बन्ध र जल सुरक्षाका विशेषज्ञ नीरज सिंह मनहास दक्षिण कोरियालको पार्ले पोलिसी इनिसियटिभको पनि विशेष सल्लाहकार हुन् । उनका अनुसार चीनले बनाएको यो सुपर ड्याम वा विशाल बाँधले भारत र बंगलादेशलाई असर गर्न सक्छ ।

उनले भने, ‘चीनलाई वार्ताका लागि मनाउन मुस्किल छ । यसको अडान भिन्न छ र यसलाई लाग्छ की ऊ एकतर्फी रूपमा निर्णय लिन सक्छ । ऊ अन्य देशहरूलाई दबाब दिन चाहन्छ ।’

यस बाँधको तल्लो भागमा भारत र चीनको सीमा छ । भारतमा यस नदीलाई ब्रह्मपुत्र भनिन्छ । यो बाँध मार्फत चीनले नदीको पानीलाई आफ्नो देशको विशालकाय सुख्खा भूमितर्फ मोड्नसक्छ भन्ने आशंकमा भारत चिन्तित छ ।

नीरज सिंह मनहासले भने, ‘चीनले यो पानीलाई हतियारकै जसरी प्रयोग गर्न सक्छ । चीनले यस नदीको पानी रोक्न सक्छ र यसलाई उत्तरी क्षेत्रहरूतिर मोड्न सक्छ, जहाँ जनसंख्या बढी छ । यसका कारण भारतमा खडेरीको समस्या उत्पन्न हुन सक्छ ।’

अर्को चिन्ता चाहीँ यदि चीनले भारतमा मनसुन (वर्षा)को समयमा यस बाँधबाट ज्यादा पानी छोडिदिएमा भारतीय क्षेत्रहरू भूभागहरु बाढीले डुबाउन सक्छ । यो बाँधको निर्माण अझै सुरु भएको छैन । तर भारतले यस सम्बन्धमा आफ्ना चिन्ता र चासोहरु चीनलाई अवगत गराएको छ ।

भारतको असम राज्यका चिया बगानहरू यसै पानीमा निर्भर छन् । भारतले चीनको यो योजनामाथि दृष्टि राखिरहेको र आफ्नो हितको रक्षा गर्न आवश्यक कदम चाल्न सक्ने बताएको छ ।

चीनले भने ‘यो बाँधले तल्लो तटीय क्षेत्रका देशहरूमा कुनै प्रतिकूल प्रभाव पार्ने छैन’ भन्दै आएको छ । त्यसो त, भारतले पनि यस क्षेत्रमा नयाँ जलविद्युत बाँध निर्माण गर्ने योजना बनाइरहेको छ । तर यी घटनाहरु एकसाथ आएका छन् ।

नीरज सिंह मनहासका अनुसार यी घोषणाहरूको समय महत्त्वपूर्ण छ । भारतले सन् २०२४ मा आफ्नो बाँधको योजना बनाएको थियो भने चीनले २०२४ कै डिसेम्बरमा आफ्नो सुपर ड्यामको घोषणा गर्यो ।

भारतको बाँधले धेरै कम मात्रामा बिजुली उत्पादन गर्नेछ र यसको बारेमा अझै विचार भइरहेको छ । यो बाँध उत्तर–पूर्वी भारतको बिजुली आवश्यकता पूरा गर्न प्रयोग गरिने बताइएको छ । यो बाँधले ब्रह्मपुत्र नदीमा बाढी आउँदा मानिसहरूलाई पनि बचाउन सक्ने पनि आँकलन गरिएको छ ।

भारतले नदीको पानीको सम्बन्धमा बंगलादेश, भुटान र पाकिस्तानसँग सम्झौता गरेको छ । नीरज भन्छन्, ‘चीनले कुनै पनि अन्य देशसँग कुरा नगरी आफ्नो बाँध निर्माण गरिरहेको छ । यदि यस विषयमा देशहरू बीच सहमति भएन भने तनाव बढ्छ ।’

जल अधिकार र जल संघर्ष
जेनेभा वाटर हबका महानिर्देशक मार्क जैटून भन्छन्, ‘पानीको बाँडफाँटलाई लिएर थुप्रैै देशहरूबीच संघर्ष चलिरहेका छ । धेरै पटक पानी छोड्ने समयको बारेमा देशहरू बीच मतभेद हुन्छ ।

उनले भने, ‘यदि सही समयमा पानी छोडिएन भने, नदीको माथिल्लो र तल्लो तटीय क्षेत्रका देशहरू बीच तनाव उत्पन्न हुन सक्छ । दोस्रो मुद्दा भनेको– कति पानी छोडिन्छ रु र तेस्रो मुद्दा भनेको– यो पानीको गुणस्तर कस्तो छ भन्ने हो । धेरैजसो जल विवादहरू जलवायु परिवर्तनका कारण होइन, बाँधका कारण उत्पन्न भइरहेका छन् ।’

यसको एक उदाहरण इथियोपिया र इजिप्ट (मिश्र) बीच दशकौंदेखि चल्दै आएको जल विवाद हो । सन् २०११ मा इथियोपियामा ‘ग्रान्ड रेनेसान्स इथियोपियन ड्याम’को निर्माण सुरु भयो । यो अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत् बाँध हुनेछ, जसको निर्माण लगभग पूरा भइसकेको छ ।

प्राध्यापक जैटून भन्छन्, ‘यो बाँध इथियोपिया र सुडानबाट इजिप्टमा बग्ने ब्लू नाइल ९नील० नदीमा बनेको छ । यी दुवै देशहरू यो बाँध निर्माणको बारेमा चिन्तित छन् । किनभने यी दुवै देशहरूमा धेरै कम वर्षा हुन्छ र हजारौं किसान परिवारहरू आफ्नो जीविकोपार्जनको लागि नील नदीमा निर्भर छन् । यदि यसको बहावमा परिवर्तन भयो भने, यसले उनीहरूमा नराम्रो असर पार्न सक्छ । यो समस्या समाधान गर्न ती देशहरू बीच सकारात्मक संवाद आवश्यक छ ।’

उनका अनुसार सेनेगल र अफ्रिकाका अन्य देशले वार्ता मार्फत् यही समस्याको समाधान निकालेका उदाहरण पनि छन् । उनीहरूले बाँध निर्माणको खर्च पनि मिलेरै गरेका छन् र पानी छोड्ने सम्बन्धमा एकअर्कासँग समन्वय गरेका छन् । तर यही पानीको बाँडफाँडलाई लिएर पश्चिम एसियामा तनाव कायमै छ ।’

टाइग्रिस र युफ्रेटिस नदीहरू टर्किएबाट बग्छन् । उनीहरु सिरिया र इरान हुँदै इराक पुग्छन् । जैटूनका अनुसार इराकले पहिला बाँध बनाएका थियो, जसले यसको तल्लो तटीय क्षेत्रहरूमा नकारात्मक प्रभाव पारेको थियो ।

तर टर्की र इरानले बनाएका बाँधहरूका कारण इराकका धेरै किसानहरू अब खेती गर्न असक्षम भएका छन् । त्यसपछि रोजगारीका लागि शहरहरूमा सरिरहेका छन् । इराकका मानिसहरूले पर्याप्त पानी पाइरहेका छैनन् । जसका कारण यी देशहरू बीच राजनीतिक तनाव बढ्दै गएको छ ।

जैटून पानीको वितरण अन्तर्राष्ट्रिय जल कानूनको सिद्धान्तमा आधारित हुनुपर्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय जल कानूनको सिद्धान्तले पानीको वितरण ‘सबैको हितमा’ हुनुपर्ने भन्छ । अहिले पनि कयौँ जल विवादहरूको अस्थायी समाधान त अन्तर्राष्ट्रिय अदालत मार्फत् भइरहेको छ । तर मुलुकहरु नयाँ नयाँ बाँध बनाइरहेका छन् र यसले नयाँ तनावहरु पनि सिर्जना गर्दै जाने छ ।

बाँधको प्रयोग
सिंगापुरको लि–क्वान यु स्कूल अफ पब्लिक पोलिसीकी वरिष्ठ अनुसन्धानकर्ता डा। सिसिलिया टोर्टायडा भन्छिन्, ‘चीनले धेरै वर्षदेखि जलविद्युत सहित विभिन्न प्रकारका बाँधहरू निर्माण गर्ने प्रयोग गरिरहेको छ र उसले यस प्रविधिमा महारथ हासिल गरेको छ ।’ अब चीन विश्वको सबैभन्दा ठूलो जलविद्युत उत्पादक बनेको छ ।

उनले भनिन्, ‘जलविद्युतसँगै यसले वायु ऊर्जा, सौर्य ऊर्जा र आणविक ऊर्जाका स्रोतहरू विकास गरिरहेको छ । यसको एउटा कारण यो हो कि, कोइलाको प्रयोगका कारण चीनमा वायु प्रदूषण धेरै बढेको थियो । अब यी विभिन्न ऊर्जा स्रोतहरूबाट बिजुली उत्पादनका कारण त्यहाँ वायु प्रदूषण कम भएको छ ।’

चीनले वायु एवम् जलको गुणस्तरको लागि स्पष्ट लक्ष्यहरू राखेको छ । यसले हावा र पानीको गुणस्तरमा सुधार आएको छ, जसले मानिसहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पारिरहेको छ ।

चीनले २०६० सम्ममा कार्बन तटस्थता हासिल गर्ने वाचा गरेको छ । यो तब मात्र सम्भव हुन्छ, जब हावामा जति कार्बन डाइअक्साइड छोडिन्छ त्यति नै हटाउन सकिन्छ ।

डा। टोर्टायडाका अनुसार जलवायु परिवर्तनका कारण २०६० सम्ममा के स्थिति हुन्छ र त्यति बेलासम्म संसारका स्वरुप कस्तो हुनेछ भनेर अन्दाज लगाउन गाह्रो छ ।

उनले भनिन्, ‘मलाई आशा छ कि नीतिहरू परिस्थिति अनुसार परिवर्तन हुँदै जानेछन् । यसलाई अझ यथार्थपरक बनाइने छन् । चीनले सन् २०३० सम्म आफ्नो देशमा कार्बन उत्सर्जन चरम सीमामा पुग्ने अनुमान गरेको छ । त्यसैले त्यतिञ्जेल सम्ममा उसले स्वच्छ ऊर्जा स्रोतहरूको प्रयोग थालिसक्न चाहन्छ ।’

यो नीति चीनको लागि मात्र नभई सिंगो विश्वको लागि राम्रो हुनेछ । किनभने चीन र अमेरिका प्रमुख कार्बन उत्सर्जन गर्ने देशहरू हुन् । तर चीनले यो समस्या समाधान गर्न नेतृत्व लिएको उनको बुझाइ छ ।

तथापि, चीनको सुपर ड्याम अझै निर्माण सुरु भएको छैन । यसबाट फाइदा त हुनेछ, तर के यसले वरपरका पहाडहरू र वातावरणमा पार्ने प्रभाव जायज छ ?

यसबारे डा। टोर्टायडा भन्छिन्, ‘विकासका लागि बनाइने अधिकतर परियोजनाहरूले वातावरणलाई हानि पुर्याउँछन् । तर हामी यो क्षतिलाई कम गर्न प्रयास गर्न सक्छौं ।’

तर भारत र बाङ्लादेशको चिन्ताचाहीँ यो बाँध बनेपछि चीन ब्रह्मपुत्रको पनी सुख्खा क्षेत्रमा मोड्न वा वर्षात्को बेलामा खोलामा ज्यादा पानी छोड्न सक्छ भन्ने हो ।

विश्वमा हजारौं जलविद्युत बाँधहरू बनेका छन् र यस्तो अवस्था आउनु हुँदैन भन्ने विज्ञको राय छ । साथै, चीनको लागि पानी अन्य क्षेत्रहरूमा मोड्नु धेरै महँगो हुने उनीहरु बताउँछन् । यद्यपि, यो परियोजनाको स्वरूप के कस्तो हुनेछ भनेर कसैलाई थाहा छैन ।

स्रोतः बीबीसी हिन्दी ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com