ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ जेलर पुगे, सुरक्षा टोली बदलियोः कैलाली कारागारभित्र अझै पस्न सकेनन् सुरक्षाकर्मी


abc news
श्रावण २५, २०८२ आईतबार   १ : २०   बजे

काठमाडौं, २५ साउन । एक जना कैदीको मृत्यु हुने गरी कैलाली कारागारभित्र भएको कैदी बन्दीबिचको झडपपछि कैलाली कारागार अझै सुरक्षाकर्मीको नियन्त्रणमा आउन सकेको छैन। यद्यपि अवस्था भने सामान्य भइसकेको कैलालीका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोगनबहादुर हमालले दाबी गरे।

‘स्थिति हिजो जस्तो छैन। अवस्था सामान्य भइसकेको छ,’ सिडिओ हमालले भने, ‘अहिले कैदीबन्दीहरूले आफन्त र परिवारजनसँग भेटघाट गरिरहनुभएको छ।’

तर कारागारको भित्री परिसरमा सुरक्षाकर्मी भने पसिनसकेको उनले बताए। ‘कारागारभित्र पहिले मानवअधिकारवादीलगायत सरोकारवालाको टोली गएपछि मात्रै सुरक्षाकर्मी पठाउने हाम्रो तयारी छ,’ उनले भने।

शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्ण रूपमा कब्जा गरेका थिए। मूल गेटमा घरेलु हातहतियार र ढुंगामुडासहित कैदी बन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन्। यस्तै कैदीबन्दीहरूले ग्यास सिलिन्डर पड्काएर जेलमै आगो लगाइदिने धम्की दिइरहेका थिए। सिडिओ हमालले नै कैदीबन्दीहरूले गेटमा प्रेसर कुकर बम लिएर बसेको प्रतिक्रिया दिएका थिए।

आइतबार उनले अवस्था सामान्य भने पनि कैदी बन्दीहरूको आक्रोश अझै नघटेको स्रोत बताउँछ। आफन्त र मानवअधिकारवादी संघसंस्थाका प्रतिनिधिसँग कुरा गर्न चाहे पनि उनीहरूले सुरक्षा निकायलाई ‘इन्टरटेन’ गरेका छैनन्।
जेलर र सुरक्षा टोली परिवर्तन
उता कैलाली कारागारमा भएको रक्तपातपूर्ण घटनापछि कारागार विभागले कारागार प्रमुख९जेलर० वसन्त खत्रीलाई जिम्मेवारीबाट हटाएको छ। उनको ठाउँमा जलान्धर भुसाललाई पठाइएको छ। भुसाल शनिबारै धनगढी पुगिसकेको सिडिओ हमालले जानकारी दिए।

यस्तै घटनाका बेला कारागारको सुरक्षामा खटिएको टोलीलाई पनि परिवर्तन गरेको सिडिओ हमालले जानकारी दिए। ‘हिजो नै पूरै टोली बदलिसकिएको छ। त्यसका अतिरिक्त पनि ठुलै सुरक्षा टोली परिचालन गरिएको छ,’ हमालले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group