काठमाण्डौ, १८ फागुन । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् अवरोधको निकास खोज्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाउनुभएको छ । अध्यक्ष भट्टराईले जनताको समस्या संसदमा नराखी ज्याला लिनु लज्जास्पद भएको बताउनुभयो ...