ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसिसी सदनबाट निष्कर्षमा पुग्ने वातावरण तयार भयोः सञ्चारमन्त्री कार्की


एबीसी / संवाददाता

काठमाडौँ, १२ फागुन । मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी) बारे सहमति खोज्न प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छफफल भर्खरै सकिएको छ ।

सङ्घीय संसद् भवन नयाँबानेश्वरमा नेपाली कांग्रेस र नेकपा (एमाले) का अन्य शीर्षनेताहरूसमेत सहभागी उक्त छलफलमा संसद्को अवरोध हटाउने र एमसिसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । छलफलमा सहभागी भएर बाहिरिने क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री कार्कीले प्रतिनिधिसभामा टेबल भएको एमसिसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुचारु हुने विश्वास छ, एमसिसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्छ ।” संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सहमतिमा संसद् सुचारु भई एमसिसीका बारेमा छलफल हुने मन्त्री कार्कीको भनाइ छ । उहाँले समयसीमाभित्रै एमसिसी पारित हुने विश्वास व्यक्त गर्नुभयो । मुलुकको हितका लागि आवश्यक एमसिसी सार्वभौम संसद्ले नै टुङ्ग्याउने उहाँले बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँगको छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले एमसिसीलगायतका विषयमा खुला छलफल गर्न आफूहरु तयार रहेको छलफलमा सहभागी कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले एमसिसी अन्तर्राष्ट्रियस्तरसम्म पनि जोडिएको छ । यसलाई टुङ्गोमा पुर्‍याउनुपर्छ, खुला विकल्पमा छलफल गर्न तयार छौँ भन्नुभयो, अङ्क गणितसँग सरोकारको विषय होइन, संसद्मा भाग लिएर मत जाहेर गर्नुस् भन्नुभयो ।” दलीय सहमतिका लागि आज साँझ सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीबीच छलफल हुने नेता थापाले जानकारी दिनुभयो । आज दिउँसो १ बजे बोलाइएको संसद् बैठक सूचना टाँस गरी स्थगन भए पनि सरकारको नेतृत्वकर्ता दल कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या

सम्बन्धित

समान राजनीतिक धारणा भएका पार्टीहरुवीच गठबन्धन हुन आवश्यक छ : भिम रावल (भिडियोसहित)

कांग्रेसले संसद विघटन गरे सदर हुन्छ, एमालेले गरे बदरः अध्यक्ष ओली

पश्चिम सेती जलविद्युत् आयोजना भारतलाई दिनुपर्छः प्रधानमन्त्री

कँडेल र शर्माको ‘गठबन्धन राजनीति’ पुस्तकमा के छ ?

सबैले मरेको सिनो (राजा) लाई किन बोकेको भन्थे, राम्रै भयो : कमल थापा (भिडियो)

देश विदेशबाट जति सक्दो बढी बुद्ध धर्मावलम्बी तथा पर्यटकलाई भित्र्याउनका लागि प्रचारप्रसारमा लाग्‍नुहाेस्ः मन्त्री आले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com