ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायिक निष्पक्षता जननजरको कठघरामा


एबीसी / संवाददाता

सम्पादकीय : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने घोषणा गरेसँगै प्रतिनिधिसभा विघटनको मुद्दामा जारी बार–बेञ्च तनाव अन्त्य भएको विश्वास गरिएको थियो । तर लगत्तै प्रधानन्यायधिशबाट आएको अभिव्यक्तिले थप अन्योल थपेको छ । राजनीतिक नेतृत्वमा हुने जालझेल जस्तै के न्यायिक नेतृत्वमा पनि हुन थालेको हो ? यस्तो हो भने इतिहासकै सवैभन्दा दुर्भाग्यपूर्ण स्थिति हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धामागत शुक्रवारदेखि सुनुवाई शुरु भए पनि संवैधानिक इजलासका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको कन्फ्लिक्ट अफ इन्टे«स्टको कारण निस्पक्षतामाथि रीट निवेदकतर्फका कानून व्यवसायीहरुले प्रश्न उठाएपछि इजलासदेखि क्रमशः सार्वजनिक वहसको विषय बनेको थियो ।

न्यायाधीशको निष्पक्षतालाई लिएर खुला इजलास वा सार्वजनिक तवरमा गरिने कतिपय टिकाटिप्पणी न्यायलयको गरिमा र जनआस्थामा चोट पुर्याउने हुन सक्छन् । यसले संविधानतः प्रदान गरिएको न्यायिक स्वतन्त्रता अर्थात् न्यायाधीशहरुले निष्पक्ष व्यवहार गर्छन् भन्ने विश्वासमा ठेस पु¥याउँछ । त्यसैले आफूसँग कन्फ्लिक्ट अफ इन्ट्रेष्ट हुने मुद्दामा स्वयं न्यायाधीश नै अलग भईदिने स्थापित नजीर र परम्परा छ । तर न्यायाधीशद्वय कार्की र केसीले इजलासमै रहेर जवाफ दिने अडान राख्दा चार दिनसम्म इजलास प्रतिनिधिसभा विधटन सदर कि बदर भन्ने मूल मुद्दामै प्रवेश नै गर्नसकेको थिएन । यस अर्थमा प्रधानन्यायाधीश राणाको निर्णयले इजलासको कारवाहीको निरन्तरता मात्र होइन निवेदक पक्षका कानून व्यवसायीले उठाएको नजीर र न्यायिक परम्परालाई समेत सम्वोधन गरेको थियो ।
यद्यपि बार बेञ्चको सहमतिको केही बेरमा इजालाशका बरिष्ठतम् दुई न्यायधिश अलग हुने घोषणा र विवादित दुई न्यायधिश इजलाश नछाड्ने अडानले गम्भीर मोड लिएको छ । जे भएपनि यतिबेल सर्वोच्च अदालत आफै जनताको नजरमा कठघरमा उभिएको छ । के साँच्च्किै न्यायिक नेतृत्व निष्पक्ष निर्णय कार्यसम्पादनको लोकलाज राख्न तयार छ कि छैन ?
नेपालको सन्र्दभमा प्रतिनिधिसाभा विघटनको मुद्दा यो पहिलो होइन । २०५१ सालयता संसद विघटन गरिएको यो छैठौं पटक हो । यद्यपि यसअघिका चार पटकसम्म इजलास गठनबारे विवाद भएको सार्वजनिक जानकारीमा आएको छैन । तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायले २०५१ र २०५२ मा प्रतिनिधिसभा विघटनको पहिलो र दोस्रो मुद्दामा सुनुवाई गर्न वरिष्ठताका आधारमा सर्वोच्च अदालतका ११÷११ न्यायधीश सहितको विशेष इजलास गठन गरेपछि त्यसले हाम्रै न्यायिक प्रणालीमा एउटा नजीर र परम्परा कायम गरको थियो । न्याय निरुपण गर्दा मुद्दाको एउटा पक्षको जीत हुन्छ भने अर्को पक्षको हार । इजलास गठनमा विवेक पु¥याउनसके इजलासले गरेको फैसलाको सर्वस्वीकार्यता बढ्छ । त्यसैले संविधानले न्यायालय स्वतन्त्र मात्र नभै निष्पक्ष र सक्षम पनि हुने परिकल्पना गरेको हो ।
त्यसो त प्रतिनिधिसभा विघटनको मुद्दामा इजलास गठनलाई लिएर भएको यो विवाद प्रधानन्यायाधीश राणाका लागि एउटा अवसर पनि हो । यसैले राणाले एक साताभित्रै वरिष्ठताको आधारमा इजलास गठन गर्ने स्थायी व्यवस्था गर्न सर्वोच्च अदातलको पूर्ण बैठकबाट संवैधानिक इजलास संचालन सम्वन्धी नियमावली २०७२ संसोधन गरी न्यायपरिषद्मा पेश गर्ने अभिव्यक्ति दिएका छन् । यस्तो व्यवस्था हुन सके आगमी दिनमा कुनैपनि मुद्दामा एकै रथका दुई पाङग्राको उपमा पाएका बार र बेन्चबीच तनावको अवस्था भोग्नु पर्ने छैन । सँगसँगै नेपालको न्यायिक इतिहासमा न्यायिक निष्पक्षताका लागि थिति बसाल्ने एउटा प्रयासको रुपमा अंकित हुनेछ । राज्यका सबैजसो अंग निरन्तर अस्थिरताबाट गुज्रिरहेको वर्तमान अवस्थामा न्यायिक निष्पक्षतासहितको स्वतन्त्र र सक्षम न्यायपालिकाले मात्र विधिको शासन र लोकतन्त्र बचाउन सक्छ । जननजरको कठघरामा उभिएको न्यायिक नेतृत्वले आफ्नो शाख जोगाउनै पर्छ । त्यसका लागि स्थापित मान्यतालाई अनुसरण गर्नुको कुनै विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

बालाजुमा आगलागी : घटनाको थप विवरण आउन बाँकी

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com