काठमाडौं २२ वैशाख । रामचन्द्र पौडेल ले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश प्रमाणीकरण गरेका हुन्। यसअघि सरकारले हिजो पुनः अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
अध्यादेश जारी भएसँगै संवैधानिक परिषदसम्बन्धी व्यवस्था अब नयाँ ढाँचामा कार्यान्वयनमा आउने भएको छ। उक्त कदमलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
सरकारले संवैधानिक निकायहरूमा पदपूर्ति तथा निर्णय प्रक्रियालाई सहज बनाउन अध्यादेश ल्याएको बताएको छ।








प्रतिक्रिया दिनुहोस्