ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्रको निरंकुशताविरुद्ध जनयुद्ध र जनआन्दोलन सोझिंदा राजतन्त्र नै समाप्त


कविराज विसी
जेष्ठ १९, २०७८ बुधबार  १२ : ४० बजे

काठमाडौं, १९ जेठ ।  जेठ १९, २०५८ । नेपालको इतिहासको कहालीलाग्दो रात । दरबारभित्र भाइभारदारहरुबीच षड्यन्त्रपूर्वक मारकाट भएको त्रासदीपूर्ण दिन । नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । तत्कालिन युवराज दीपेन्द्रले हत्याकाण्ड मच्चाएको भनिए पनि आम मानिस अझैसम्म पनि पत्याउन तयार छैनन् । डेढ दशक वितिसक्दा पनि सधैं चर्चा मात्र भइरहने यो हत्याकाण्ड कसरी भयो ? निस्पक्ष खोजी गरिएको छैन बरु, रहस्यकै गर्भमा गुपचुप राखिएको छ ।

स्वर्गीय राजा विरेन्द्रको वंशनाश हुनेगरि २०५८ जेठ १९ गते शुक्रवार राति राजपरिवारका १० जनाको हत्या भएको थियो । तर न अहिलेसम्म हत्याको यथार्थ सार्वजनिक भयो, न त जनताले चित्त बुझाउने किसिमको छानबिन नै भएको छ । इतिहासको गर्भमा रहस्यको रुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो । बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन नहुंदा अनेकौं शंका उपशंका आज पनि बलशाली बनेका छन् ।

तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा देखाएको असंवेदनशील ब्यवहार र फितलो प्रस्तुतिका, कतिपय डक्टोरेट प्रमाणका कारण सो प्रतिवेदन आफैं हाँस्यास्पद बन्न पुगेको थियो ।

घटनालगत्तै छानविन समितिले हत्याको अनुसन्धान सहितको प्रतिवेदन तयार पा्यो । प्रतिवेदनले हत्याकाण्डको प्रमुख दोषी तत्कालीन युवराजधिराज दीपेन्द्रलाई देखायो । जुन तथ्यलाई धेरैले अझैसम्म पनि पत्याउन सकेका छैनन् । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि प्रतिवेदनका बारेमा चौतर्फी आशंका गरिएको थियो । प्रतिवेदन पत्यारिलो नभएर जनस्तरबाट पनि यसको विरोध भयो ।

हत्याकाण्डको वैज्ञानिक छानबिन नहँदै त्यसका प्रमाणहरु नष्ट पार्ने काम भयो । हत्याकाण्ड भएको मूलभवन त्रिभुवन सदन केही समयमै भत्काइयो भने अन्य प्रमाणहरु सबै नष्ट गरिएको छ ।

दरबार हत्याकाण्ड पछि राजा बनेका ज्ञानेन्द्र शाहले निरंशुक शासन थोपरेपछि त्यसविरुद्धको जनआन्दोलनले उनका वंशजहरुले सुरु गरेको २ सय ४० वर्षदेखिको राजसंस्थाको जग नराम्ररी भत्कियो । जनताको नजरमा वीरेन्द्रले उदारवादी राजाको छवि बनाएका थिए । उनकै व्यक्तित्वका कारण राजसंस्थाप्रतिको आस्था बढेको थियो । तर, ज्ञानेन्द्रको निरंकुशताविरुद्ध जनयुद्ध र जनआन्दोलन सोझिंदा राजतन्त्र नै समाप्त भयो ।

देशमा गणतन्त्र आयो । तर, व्यवहारमा नयां राजाहरुको स्थापना भयो । हत्याकाण्डको पुनः छानविनतिर कसैको इच्छा जागेन । नयां शासन पद्दती आएपनि छोटे र बडे राजाहरुको हालीमुहाली बढ्न थाल्यो । जनआन्दोलनको सफलतापछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतले हत्याकाण्डको छानविन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, जनताले अपेक्षा गरेको दरबार हत्याकाण्डको अहिलेसम्म कसैले छानविन गर्न चाहेका छैनन् । जसकाकारण, यो हत्याकाण्डको रहस्य गर्भमै रहेको छ अहिलेसम्म ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

नेपालको निर्वाचनमा वासिङ्टनको नजर: अमेरिकी सांसद तयार सहकार्यका लागि

निषेधाज्ञासँगै त्रिभुवन विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

गण्डकीसहित २ प्रदेशमा आज राति वर्षा र हिमपात हुने

सुनको मूल्य तोलामा तीन हजारले घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com