ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्रको निरंकुशताविरुद्ध जनयुद्ध र जनआन्दोलन सोझिंदा राजतन्त्र नै समाप्त


कविराज विसी

काठमाडौं, १९ जेठ ।  जेठ १९, २०५८ । नेपालको इतिहासको कहालीलाग्दो रात । दरबारभित्र भाइभारदारहरुबीच षड्यन्त्रपूर्वक मारकाट भएको त्रासदीपूर्ण दिन । नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । तत्कालिन युवराज दीपेन्द्रले हत्याकाण्ड मच्चाएको भनिए पनि आम मानिस अझैसम्म पनि पत्याउन तयार छैनन् । डेढ दशक वितिसक्दा पनि सधैं चर्चा मात्र भइरहने यो हत्याकाण्ड कसरी भयो ? निस्पक्ष खोजी गरिएको छैन बरु, रहस्यकै गर्भमा गुपचुप राखिएको छ ।

स्वर्गीय राजा विरेन्द्रको वंशनाश हुनेगरि २०५८ जेठ १९ गते शुक्रवार राति राजपरिवारका १० जनाको हत्या भएको थियो । तर न अहिलेसम्म हत्याको यथार्थ सार्वजनिक भयो, न त जनताले चित्त बुझाउने किसिमको छानबिन नै भएको छ । इतिहासको गर्भमा रहस्यको रुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो । बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन नहुंदा अनेकौं शंका उपशंका आज पनि बलशाली बनेका छन् ।

तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा देखाएको असंवेदनशील ब्यवहार र फितलो प्रस्तुतिका, कतिपय डक्टोरेट प्रमाणका कारण सो प्रतिवेदन आफैं हाँस्यास्पद बन्न पुगेको थियो ।

घटनालगत्तै छानविन समितिले हत्याको अनुसन्धान सहितको प्रतिवेदन तयार पा्यो । प्रतिवेदनले हत्याकाण्डको प्रमुख दोषी तत्कालीन युवराजधिराज दीपेन्द्रलाई देखायो । जुन तथ्यलाई धेरैले अझैसम्म पनि पत्याउन सकेका छैनन् । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि प्रतिवेदनका बारेमा चौतर्फी आशंका गरिएको थियो । प्रतिवेदन पत्यारिलो नभएर जनस्तरबाट पनि यसको विरोध भयो ।

हत्याकाण्डको वैज्ञानिक छानबिन नहँदै त्यसका प्रमाणहरु नष्ट पार्ने काम भयो । हत्याकाण्ड भएको मूलभवन त्रिभुवन सदन केही समयमै भत्काइयो भने अन्य प्रमाणहरु सबै नष्ट गरिएको छ ।

दरबार हत्याकाण्ड पछि राजा बनेका ज्ञानेन्द्र शाहले निरंशुक शासन थोपरेपछि त्यसविरुद्धको जनआन्दोलनले उनका वंशजहरुले सुरु गरेको २ सय ४० वर्षदेखिको राजसंस्थाको जग नराम्ररी भत्कियो । जनताको नजरमा वीरेन्द्रले उदारवादी राजाको छवि बनाएका थिए । उनकै व्यक्तित्वका कारण राजसंस्थाप्रतिको आस्था बढेको थियो । तर, ज्ञानेन्द्रको निरंकुशताविरुद्ध जनयुद्ध र जनआन्दोलन सोझिंदा राजतन्त्र नै समाप्त भयो ।

देशमा गणतन्त्र आयो । तर, व्यवहारमा नयां राजाहरुको स्थापना भयो । हत्याकाण्डको पुनः छानविनतिर कसैको इच्छा जागेन । नयां शासन पद्दती आएपनि छोटे र बडे राजाहरुको हालीमुहाली बढ्न थाल्यो । जनआन्दोलनको सफलतापछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतले हत्याकाण्डको छानविन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, जनताले अपेक्षा गरेको दरबार हत्याकाण्डको अहिलेसम्म कसैले छानविन गर्न चाहेका छैनन् । जसकाकारण, यो हत्याकाण्डको रहस्य गर्भमै रहेको छ अहिलेसम्म ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगमाथि अध्ययन छिट्टै सक्न सभामुखको आग्रह

बालाजुमा आगलागी : घटनाको थप विवरण आउन बाँकी

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com