झापा, २७ चैत । आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आउनुभएको छ । मेचीनगर–१० धुलाबारीकी ५८ वर्षीया दिनो राजवंशी विगत एक दशकदेखि ...