ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को–को हुन कर फछ्यौट प्रकरणका नाइकेहरु ? (भिडियो)


admin

काठमाडौं । कर तिर्नै नसक्ने अवस्थामा पुगेका सरकारी र निजी कम्पनीलाई कर छुट दिने उदेश्यले २०७१ सालमा कर फछ्यौट आयोग गठन भएको थियो । स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री रहेका बेला डा. रामशरण मत अर्थमन्त्री थिए । उनै महतले आयोग गठन गरेका हुन । जुन आयोग तीन सदस्यीय थियो । आयोगमा तत्कालिन अर्थमन्त्री महतका नातेदार लुम्बध्व महत, उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका निलम्बित प्रमुख चुडामणी शर्मा सदस्य थिए ।

२०७१ सालमा गठित तीन सदस्यीय यो टोलीले २०७२ साल मंसिरमा प्रतिबेदन तयार पार्यो । तीन सदस्यीय टोलीको प्रतिवेदनले ३० अर्ब ५२ करोड ५७ लाख ७८ हजार ९ सय ३७ रुपैयाँ कर बक्यौतामध्येश ९ अर्ब ५४ करोड ६१ लाख १५ हजार ६ सय ४० रुपैयाँमात्रै उठाउने निर्णय गर्यो । र, बाँकी २० अर्ब ९७ करोड ९६ लाख ६३ हजार २ सय ९७ रुपैयाँ छुट दिने प्रतिवेदन तयार भयो । तीन सदस्सीय टोलीले केपी ओली प्रधानमन्त्री भएको बेलाका अर्थमन्त्री बिष्णु पौडेललाई २०७२ मंसिरमा प्रतिवेदन बुझायो । राज्यको ढुकुटी रित्याएर केही निजी कम्पनीहरुको गोजी भर्ने अभिप्रायमा तयार भएको प्रतिवेदन बुझेका तत्कालिन अर्थमन्त्री विष्णु पौडेल भने ऐन नै खारेज हुनुपर्ने धारणा राख्छन् ।

आफ्नौ नातेदारलाई कर फछ्यौठ आयोगको सदस्या बनाउने तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको समेत नियतमा खोट देखिएको आरोप लाग्ने गरेको छ । पूर्व अर्थमन्त्री महत निजी क्षेत्रको प्रिय मानिए पनि समग्रहमा उनले गरेका र गर्ने कामहरुमा कुनै न कुनै स्वार्थ जोडिने आरोप लाग्दै आएको छ । डाक्टर महतले देशको ढुकुटी नै रित्याउने अभिप्रायले कर फछ्यौट आयोग गठन गरेरको समेत पछिल्लो समय आरोप लाग्ने गरेको छ । त्यसो त डा. महतले अर्थमन्त्री हुँदा यस्ता आयोग गठन गर्ने धेरै कासिस गरेका थिए । खुल्ला र उद्धार अर्थतन्त्रको नाममा महतले निजी कम्पनीलाई पोष्न धेरै पटक कोसिस गरेका थिए । तर, उनी २०७१ सालमा मात्र सफल भएका हुन ।

 

कर फछ्यौट आयोगले राज्यको ढुुकुुटीमा जम्मा गर्ने निर्णय गरेको ९ अर्ब ५४ करोड ६१ लाख १५ हजार ६ सय ४० रुपैयाँमध्ये पनि सरकारी संस्थानहरुबाट बढी असुल गरिएको छ । यसले पनि केही व्यक्तिको गोजी भरेर सरकारी ढुकुटी रित्याउने प्रपञ्चका साथ काम भएको पुष्टी गर्छ । आयोगले सार्वजनिक संस्थानहरुबाट उठाइएको करको हिस्सा करिब ५७ प्रतिशत छ भने निजी प्रतिष्ठान तथा कम्पनीले भने २२ प्रतिशत मात्रै तिरेको देखिन्छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की मनोमानी रूपमा राज्यकोष नै रित्याउनेगरी छुट दिइएको बताउँछन् ।

राज्य कोष नै रित्याउने अभिप्रयासका साथ कर फछ्यौट आयोग गठन गर्ने तत्कालिन अर्थमन्त्री डा. रामशरण महत यतिखेर चुपचाप छन् । उनलाई समेत कानुनी कठघारामा ल्याउने दिन पनि आउनसक्छ । तर, कर फछ्यौट आयोग ऐन–२०३३ अनुसार २०७१ सालमा आयोगको सदस्य नियुक्त भएका तीन जनालाई भने कानुनी दायरामा ल्याउने काम अघि बढेको छ ।

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा भने जेठ १९ गते नै अनियमित ढंगले कर फछ्यौट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् । शर्मामाथी छानबिन चलिरहेको छ । समितिका सदस्यद्धय लुमध्वज महत र उमेशप्रसाद ढकाल भने फरार छन् । उनीहरुको नाममा वारेन्ट जारी गरिएको छ । कर फछ्यौट आयोगको प्रतिवेदन विरुद्ध परेको उजुरी अहिले अदालतमा विचाराधिन अवस्थामा छ । आशा गरौं, राज्यकोष नै रित्याउने खेलमा लागेकोहरु कानुनी कारवाहीको भागीदार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com