ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

को–को हुन कर फछ्यौट प्रकरणका नाइकेहरु ? (भिडियो)


admin
श्रावण ७, २०७४ शनिबार   १२ : १७   बजे

काठमाडौं । कर तिर्नै नसक्ने अवस्थामा पुगेका सरकारी र निजी कम्पनीलाई कर छुट दिने उदेश्यले २०७१ सालमा कर फछ्यौट आयोग गठन भएको थियो । स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री रहेका बेला डा. रामशरण मत अर्थमन्त्री थिए । उनै महतले आयोग गठन गरेका हुन । जुन आयोग तीन सदस्यीय थियो । आयोगमा तत्कालिन अर्थमन्त्री महतका नातेदार लुम्बध्व महत, उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका निलम्बित प्रमुख चुडामणी शर्मा सदस्य थिए ।

२०७१ सालमा गठित तीन सदस्यीय यो टोलीले २०७२ साल मंसिरमा प्रतिबेदन तयार पार्यो । तीन सदस्यीय टोलीको प्रतिवेदनले ३० अर्ब ५२ करोड ५७ लाख ७८ हजार ९ सय ३७ रुपैयाँ कर बक्यौतामध्येश ९ अर्ब ५४ करोड ६१ लाख १५ हजार ६ सय ४० रुपैयाँमात्रै उठाउने निर्णय गर्यो । र, बाँकी २० अर्ब ९७ करोड ९६ लाख ६३ हजार २ सय ९७ रुपैयाँ छुट दिने प्रतिवेदन तयार भयो । तीन सदस्सीय टोलीले केपी ओली प्रधानमन्त्री भएको बेलाका अर्थमन्त्री बिष्णु पौडेललाई २०७२ मंसिरमा प्रतिवेदन बुझायो । राज्यको ढुकुटी रित्याएर केही निजी कम्पनीहरुको गोजी भर्ने अभिप्रायमा तयार भएको प्रतिवेदन बुझेका तत्कालिन अर्थमन्त्री विष्णु पौडेल भने ऐन नै खारेज हुनुपर्ने धारणा राख्छन् ।

आफ्नौ नातेदारलाई कर फछ्यौठ आयोगको सदस्या बनाउने तत्कालिन अर्थमन्त्री डा. रामशरण महतको समेत नियतमा खोट देखिएको आरोप लाग्ने गरेको छ । पूर्व अर्थमन्त्री महत निजी क्षेत्रको प्रिय मानिए पनि समग्रहमा उनले गरेका र गर्ने कामहरुमा कुनै न कुनै स्वार्थ जोडिने आरोप लाग्दै आएको छ । डाक्टर महतले देशको ढुकुटी नै रित्याउने अभिप्रायले कर फछ्यौट आयोग गठन गरेरको समेत पछिल्लो समय आरोप लाग्ने गरेको छ । त्यसो त डा. महतले अर्थमन्त्री हुँदा यस्ता आयोग गठन गर्ने धेरै कासिस गरेका थिए । खुल्ला र उद्धार अर्थतन्त्रको नाममा महतले निजी कम्पनीलाई पोष्न धेरै पटक कोसिस गरेका थिए । तर, उनी २०७१ सालमा मात्र सफल भएका हुन ।

 

कर फछ्यौट आयोगले राज्यको ढुुकुुटीमा जम्मा गर्ने निर्णय गरेको ९ अर्ब ५४ करोड ६१ लाख १५ हजार ६ सय ४० रुपैयाँमध्ये पनि सरकारी संस्थानहरुबाट बढी असुल गरिएको छ । यसले पनि केही व्यक्तिको गोजी भरेर सरकारी ढुकुटी रित्याउने प्रपञ्चका साथ काम भएको पुष्टी गर्छ । आयोगले सार्वजनिक संस्थानहरुबाट उठाइएको करको हिस्सा करिब ५७ प्रतिशत छ भने निजी प्रतिष्ठान तथा कम्पनीले भने २२ प्रतिशत मात्रै तिरेको देखिन्छ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की मनोमानी रूपमा राज्यकोष नै रित्याउनेगरी छुट दिइएको बताउँछन् ।

राज्य कोष नै रित्याउने अभिप्रयासका साथ कर फछ्यौट आयोग गठन गर्ने तत्कालिन अर्थमन्त्री डा. रामशरण महत यतिखेर चुपचाप छन् । उनलाई समेत कानुनी कठघारामा ल्याउने दिन पनि आउनसक्छ । तर, कर फछ्यौट आयोग ऐन–२०३३ अनुसार २०७१ सालमा आयोगको सदस्य नियुक्त भएका तीन जनालाई भने कानुनी दायरामा ल्याउने काम अघि बढेको छ ।

आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा भने जेठ १९ गते नै अनियमित ढंगले कर फछ्यौट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परिसकेका छन् । शर्मामाथी छानबिन चलिरहेको छ । समितिका सदस्यद्धय लुमध्वज महत र उमेशप्रसाद ढकाल भने फरार छन् । उनीहरुको नाममा वारेन्ट जारी गरिएको छ । कर फछ्यौट आयोगको प्रतिवेदन विरुद्ध परेको उजुरी अहिले अदालतमा विचाराधिन अवस्थामा छ । आशा गरौं, राज्यकोष नै रित्याउने खेलमा लागेकोहरु कानुनी कारवाहीको भागीदार हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group