ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँकेका कृषक आकाश हेर्दै दिन बिताउँदै


admin
श्रावण ११, २०७४ बुधबार   ७ : ५५   बजे

नेपालगन्ज ११ साउन । हाम्रो देश जलश्रोतमा धनी भए पनि पर्याप्त सिंचाइको व्यवस्था छैन । कृषी प्रधान देश भएपनि अधिकांस कृषक आकाशे पानिमै निर्भर हुनु पर्छ । यदी समयमै वर्षा नभएको खण्डमा धेरै कृषकको खेतबारी बाँझै हुन्छ । हो, तराईका अधिकांश कृषकहरु यस वर्ष पनि यस्तै समस्यामा परेका छन् ।

धान रोप्ने मुख्य सिजन असार र साउनमा समेत पर्याप्त वर्षा नभएपछि तराईका धेरै जिल्लामा अझै पनि पूर्ण रुपमा रोपाईं भएको छैन । अधिकांस कृषक आकाशे पानीकै प्रतिक्षामा छन् । असार सकिएर साउनको पहिलो साता वितिसक्दा समेत बाँकेमा पर्याप्त वर्षा भएको छैन । यतिखेर धानबालीले हरियो हुनु पर्ने बाँकेका खेतहरुमा वर्षा नभएकै कारण धुलो उडिरहेको छ ।

असार त त्यसै वित्यो । त्यति मात्र होइन साउनको पहिलो साता पनि बितिसक्यो । यसको मतलव धान रोप्ने मुख्य याम नै सकिसक्यो । तर, बाँकेमा यस वर्ष अहिलेसम्म ३० प्रतिशत मात्र रोपाईं भएको छ । धान रोप्ने मुख्य याममा समेत वर्षा नभएका कारण बाँकेका ७० प्रतिशत खेत यतिखेर बाँझै छ । कृषि विकास कार्यालय बा“केका अनुसार साउनको पहिलो हप्तासम्म जिल्लामा ३० प्रतिशत मात्र धान रोपाईं भएको छ ।

सिंचाईको राम्रो व्यवस्था नभएको बाँकेमा समयमै वर्षा नभए पछि रोपाईं गर्न नपाएका कृषकहरु यतिखेर चिन्तित छन् । धान रोप्न किसानले जोतेरका खेतहरुमा अहिले हिलोको साट्टो धुलो मात्र देखिन्छ ।

मानो छरेर मुरी फलाउने असार महिना सकिएर साउनको आधा महिना वित्न लाग्दा पनि वर्षा नभएपछि कृषकहरुको आँखा आकाशतिरै छ । तर, आक्कल–झुक्कल बाहेक वर्ष हुनै सकेको छैन । सिंचाईको सुविधा नहुनु र रोपाई गर्ने समयमा पानी नपरेपछि रोपाई गर्न समस्या भएको दुखेसो पोख्नछन् राप्ती–सोनारी गाउ“पालिका ५ बिनौनाका गेदबहादुर थारु ।

बाँकेका अधिकांस कृषक आकासे पानीको भरमा खेती गर्छन् । त्यसैले पर्याप्त वर्षा नभएको बेला बा“केका कृषकहरु समस्यामा पर्ने गरेका छन् । बा“केमा कुल ५७ हजार २ सय ५२ हेक्टर खेतीयोग्य जमीन छ ।

कुल खेतीयोग्य जमिन मध्ये ५२ हजार ८ सय ३८ हेक्टर जमीनमा खेती हुने गरेको छ । तर, सिंचाईको व्यवस्था भने १४ हजार ५ सय ७३ हेक्टरमा मात्र छ । बाँकी ३८ हजार २ सय ६५ हेक्टरमा भने आकाशे पानीकै भरमा खेती हुने गरेको छ । यसरी समयमै पर्याप्त वर्षा नहुँदा कृषकहरु मारमा पर्ने गरेका हुन ।

गत बर्ष बाँकेमा यो समयमा ९८ प्रतिशत धान रोपाईं भइसकेको थियो । तर, यस वर्ष भने पर्याप्त वर्षा नै हुन सकेको छैन । समयमै पर्याप्त वर्षा नहुँदा कृषकले जेनतेन रोपेका धान र राखेको बिउ समेत मर्न थालेको छ । साउनको तेस्रो हप्तासम्ममा पनि वर्षा नभए स्थिती खडेरीतर्फ जान सक्ने कृषि विकास कार्यालय बाँकेको अनुमान छ ।

हावापानी फिल्ड कार्यालय, राँझा नेपालगन्जका अनुसार गतबर्ष जुलाईमा ६ सय ९२ दशमलब ४ मिलीमीटर पानी परेको थियो । तर, यस वर्ष भने जुलाई सकिन लाग्दा २ सय २० दशमलव २ मिलीमीटर मात्र पानी परेको छ ।

कृषकले समयमा नै रोपाईं गर्न नपाउँदा गत बर्ष भन्दा यस वर्ष बाँकेमा धान उत्पादनमा कमी आउने त निश्चित छ । यसबर्ष समयमै पानी नपर्दा धान खेती नभए त्यसको असर किसानलाई मात्र नभएर सम्पूर्ण अर्थबजारलाई नै पर्ने निश्चित छ । त्यसैले, बा“केमा सिंचाईका लागि दिर्घकालीय उपाय खोज्नु पर्ने देखिन्छ ।

कस्तो विडम्बना ! हामी जलश्रोतमा धनी भनेर गमक्क पर्छौ । तर, हाम्रै खेतबारी पानी अभावमा बाँझो रहनु पर्छ । नदीहरुमा पानी त्यसै बगिरहेको छ । तर, नदीबाट हाम्रो खेतबारीसम्म पानी पुर्याउने हामीसँग ल्याकत नै छैन । भनौं, सरकारले देशभर सिंचाईको राम्रो व्यवस्था गर्ने भने पनि अन्नबालीको भण्डार तराई बाँझो रहनु पर्छ ।

बाँकेका कृषकहरुले यस्तै पीडा भोगीरहेका छन् । साउनको आधा दिन सकिन लाग्दा समेत बाँकेका खेतबारी बाँझै छन् । साउन १५ सम्ममा पनि वर्षा नभए यस वर्ष बाँके बाँझै रहने खतरा छ । तर, यो समस्या बाँकेको मात्र होइन । तराईका अन्य जिल्लाहरुमा पनि उस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

कूटनीतिक सीमा नाघ्दै रवि: दिल्लीको भूमिमा तेस्रो मुलुकका दूतसँगको भेट !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group