ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमा नक्कली लाइसेन्सको बिगबिगी (भिडियो)


admin
श्रावण ११, २०७४ बुधबार  १० : १४ बजे

काठमाडौं, ११ साउन । सवारी चालक अनुमति पत्रसँग हजारौको दैनिकी जोडिएको हुन्छ । व्यक्तिगत रुपमा यातायातका साधन प्रयोगकर्ताको समस्या छ त छदैछ । तर, यातायातकै साधन चलाएर दैनिक गुजारा गर्नेका लागि यातायात व्यवस्था विभागको अनलाइन प्रणाली अभिसाप नै बनेको छ ।

यातायात व्यवस्था विभागले सरबरको समस्या देखाउँदै महिनौसम्म लाइसेन्स नविकरण नगर्ने, नविकरण नभएको अनुमती पत्रकै आधारमा यातायात चलाउँदा ट्राफिकको फन्दामा पर्ने । अहिले यातायात व्यवसायी यस्तै मारमा छन् । यातायातको अनलाइन प्रणालीमा समस्या आएछि मात्र दैनिक सयौंको संख्यामा यातायात व्यवसायी ट्राफिक प्रहरीको फन्दामा पर्ने गरेका छन् । कति, व्यवसायी त यातायात व्यवस्था विभागकै कारण विस्थापित समेत भइसकेका छन् । त्यति मात्र होइ, फेरी पनि नक्कली चालक अनुमतीपत्रधारीको संख्या बढेको छ ।

 

कानुनतः सवारी चालक अनुमति पत्र नपाएसम्म कसैले पनि यातायातका साधन चलाउन पाउँदैनन् । यदी कसैले अनुमति पत्र बिना यातायातको साधन चलाएको खण्डमा कुनै पनि बेला ट्राफिक प्रहरीको कारवाहीमा पर्छ । त्यति मात्र होइ, नविकरण नभएको अनुमति पत्रको आधारमा पनि कसैले सवारी चलाउन पाउँदैनन् । तर, काठमाडौं, उपत्यकामा धेरै सवारी चालकको महिनौ देखी चालक अनुमति पत्र नविकरण हुन सकेको छैन ।

यातायव व्यवस्था विभागको अनलाइन प्रणालीमा समस्या आउँदा धेरै सवारी चालकले अनुमतिपत्र नविकरण गर्न पाएका छैनन् । चालक अनुमति पत्र नविकरण नगरेका कुनै पनि चालकले ट्राफिकबाट उन्मुक्ति पाउँदैनन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका भने यातायात कार्यालयको समस्या आफ्नो सरोकारको विषय नभएको प्रतिकृया दिन्छ । ट्राफिक महाशाखा यातायात व्यवस्था विभागको समस्या देखाएर कुनै पनि चालकले उन्मुक्ति पाउन नसक्ने बताउ“छन् ।

लाइसेन्स प्रकृयामा उत्पन्न समस्याबाट यातायात व्यवसायी मात्र होइन आम नागरिक नै समस्यामा छन् । तर, तुलनात्मक रुपमा यातायात व्यवसायी नै बढी मारमा पर्छन् । सरकारले लामो समय लाइन्सेन्स बितरण प्रक्रिया बन्द गर्नु र अहिले खोलेपनि सेवा दिन नसक्दा बजारमा सवारी चालकको समेत अभाव हुन थालेको यातायात व्यवसायी संघका कार्यबाहक अध्यक्ष डोलनाथ खनाल बताउँछन ।

यातायात व्यवस्था विभागले सरल र सहज रुपमा चालक अनुमति पत्र वितरण नगर्दा बजारमा नक्कली चालक अनुमती पत्रधारीको संख्या बढेको छ । चालक अनुमति पत्र नै नपाएपछि धेरैले नक्कली अनुमति पत्र बनाउने गरेको यातायात व्यवयासी संघका कार्यवाहक अध्यक्ष खनाल दावी गर्छन् ।

यातायात व्यवस्था विभागले सरवरको समस्या देखाएर सवारी चालक अनुमति पत्र वितरण नगर्दा सेवाग्राही मारमा मात्र परेका छैनन् । अनेकौ, विकृतिहरु समेत बढेको छ । प्रकृयागत रुपमा चालक अनुमति पत्र प्राप्त गर्न नसकेका चालकहरुले नक्कली अनुमति पत्र प्रयोग गर्दा सवारी दुर्घटनाको खतरा समेत बढेको छ । अझै पनि सरबरकै समस्या देखाएर चालक अनुमति पत्र वितरण व्यवस्थित नबनाउने हो भने यो समस्याले विकराल रुप लिनसक्छ । त्यसैले, तत्काल सरवर समस्या समाधान गरेर चालक अनुमति पत्र वितरण र नविकरण गरिनु पर्छ ।

अनलाइन प्रणालीमा आवेदन र स्मार्ट लाइसेन्स कार्ड वितरण सुरु नभएम्म राजधानीमा पनि कागजकै लाइसेन्स वितरण हुने गरेको थियो । कागजको लाइसेन्स वितरणको समयमा सबैभन्दा बढी नक्कली लाइसेन्स बनेको छ । नक्कली लाइसेन्स बनाउन यातायात कार्यालयका कर्मचारीहरुको ठूलो मिलेमतो थियो । नक्कली लाइसेन्स बेचेरै धेरै कर्मचारी रातारात मालामाल भएका थिए । तर, अनलाइन प्रणाली सुरु भएपछि नक्कली लाइसेन्स वितरणका गिरोहहरुको दैनिकी तुट्यो ।

अहिले, अनलाइन प्रणालीमा बारम्बार समस्या आउनुले कतै फेरी पनि लुट धन्दाको खेल सुरु भएको होकी भन्ने आशंका उब्जन थालेको छ । कतै, अनलाइन प्रणालीमा समस्या ल्याएर फेरी पनि नक्कली लाइसेन्स बेच्ने प्रचन्च त सुरु भएन ? यो प्रश्नको जवाफ यातायात व्यवस्था विभागले दिनु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

सम्बन्धित

रोकेका रिट तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीशको कडा आदेश

चिनिया राष्ट्रपति सीले ट्रम्पलाई सुनाएको ‘थुसिडाइड्स ट्र्याप’के हो ?

नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा कुन सांसदले के भने ?

चीनमाथि अमेरिकाले आफ्नो पकड गुमाएको छ

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

सदनमा प्रचण्डको सम्बोधन: हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ (सम्बोधनको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com