ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीमा नक्कली लाइसेन्सको बिगबिगी (भिडियो)


admin

काठमाडौं, ११ साउन । सवारी चालक अनुमति पत्रसँग हजारौको दैनिकी जोडिएको हुन्छ । व्यक्तिगत रुपमा यातायातका साधन प्रयोगकर्ताको समस्या छ त छदैछ । तर, यातायातकै साधन चलाएर दैनिक गुजारा गर्नेका लागि यातायात व्यवस्था विभागको अनलाइन प्रणाली अभिसाप नै बनेको छ ।

यातायात व्यवस्था विभागले सरबरको समस्या देखाउँदै महिनौसम्म लाइसेन्स नविकरण नगर्ने, नविकरण नभएको अनुमती पत्रकै आधारमा यातायात चलाउँदा ट्राफिकको फन्दामा पर्ने । अहिले यातायात व्यवसायी यस्तै मारमा छन् । यातायातको अनलाइन प्रणालीमा समस्या आएछि मात्र दैनिक सयौंको संख्यामा यातायात व्यवसायी ट्राफिक प्रहरीको फन्दामा पर्ने गरेका छन् । कति, व्यवसायी त यातायात व्यवस्था विभागकै कारण विस्थापित समेत भइसकेका छन् । त्यति मात्र होइ, फेरी पनि नक्कली चालक अनुमतीपत्रधारीको संख्या बढेको छ ।

 

कानुनतः सवारी चालक अनुमति पत्र नपाएसम्म कसैले पनि यातायातका साधन चलाउन पाउँदैनन् । यदी कसैले अनुमति पत्र बिना यातायातको साधन चलाएको खण्डमा कुनै पनि बेला ट्राफिक प्रहरीको कारवाहीमा पर्छ । त्यति मात्र होइ, नविकरण नभएको अनुमति पत्रको आधारमा पनि कसैले सवारी चलाउन पाउँदैनन् । तर, काठमाडौं, उपत्यकामा धेरै सवारी चालकको महिनौ देखी चालक अनुमति पत्र नविकरण हुन सकेको छैन ।

यातायव व्यवस्था विभागको अनलाइन प्रणालीमा समस्या आउँदा धेरै सवारी चालकले अनुमतिपत्र नविकरण गर्न पाएका छैनन् । चालक अनुमति पत्र नविकरण नगरेका कुनै पनि चालकले ट्राफिकबाट उन्मुक्ति पाउँदैनन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका भने यातायात कार्यालयको समस्या आफ्नो सरोकारको विषय नभएको प्रतिकृया दिन्छ । ट्राफिक महाशाखा यातायात व्यवस्था विभागको समस्या देखाएर कुनै पनि चालकले उन्मुक्ति पाउन नसक्ने बताउ“छन् ।

लाइसेन्स प्रकृयामा उत्पन्न समस्याबाट यातायात व्यवसायी मात्र होइन आम नागरिक नै समस्यामा छन् । तर, तुलनात्मक रुपमा यातायात व्यवसायी नै बढी मारमा पर्छन् । सरकारले लामो समय लाइन्सेन्स बितरण प्रक्रिया बन्द गर्नु र अहिले खोलेपनि सेवा दिन नसक्दा बजारमा सवारी चालकको समेत अभाव हुन थालेको यातायात व्यवसायी संघका कार्यबाहक अध्यक्ष डोलनाथ खनाल बताउँछन ।

यातायात व्यवस्था विभागले सरल र सहज रुपमा चालक अनुमति पत्र वितरण नगर्दा बजारमा नक्कली चालक अनुमती पत्रधारीको संख्या बढेको छ । चालक अनुमति पत्र नै नपाएपछि धेरैले नक्कली अनुमति पत्र बनाउने गरेको यातायात व्यवयासी संघका कार्यवाहक अध्यक्ष खनाल दावी गर्छन् ।

यातायात व्यवस्था विभागले सरवरको समस्या देखाएर सवारी चालक अनुमति पत्र वितरण नगर्दा सेवाग्राही मारमा मात्र परेका छैनन् । अनेकौ, विकृतिहरु समेत बढेको छ । प्रकृयागत रुपमा चालक अनुमति पत्र प्राप्त गर्न नसकेका चालकहरुले नक्कली अनुमति पत्र प्रयोग गर्दा सवारी दुर्घटनाको खतरा समेत बढेको छ । अझै पनि सरबरकै समस्या देखाएर चालक अनुमति पत्र वितरण व्यवस्थित नबनाउने हो भने यो समस्याले विकराल रुप लिनसक्छ । त्यसैले, तत्काल सरवर समस्या समाधान गरेर चालक अनुमति पत्र वितरण र नविकरण गरिनु पर्छ ।

अनलाइन प्रणालीमा आवेदन र स्मार्ट लाइसेन्स कार्ड वितरण सुरु नभएम्म राजधानीमा पनि कागजकै लाइसेन्स वितरण हुने गरेको थियो । कागजको लाइसेन्स वितरणको समयमा सबैभन्दा बढी नक्कली लाइसेन्स बनेको छ । नक्कली लाइसेन्स बनाउन यातायात कार्यालयका कर्मचारीहरुको ठूलो मिलेमतो थियो । नक्कली लाइसेन्स बेचेरै धेरै कर्मचारी रातारात मालामाल भएका थिए । तर, अनलाइन प्रणाली सुरु भएपछि नक्कली लाइसेन्स वितरणका गिरोहहरुको दैनिकी तुट्यो ।

अहिले, अनलाइन प्रणालीमा बारम्बार समस्या आउनुले कतै फेरी पनि लुट धन्दाको खेल सुरु भएको होकी भन्ने आशंका उब्जन थालेको छ । कतै, अनलाइन प्रणालीमा समस्या ल्याएर फेरी पनि नक्कली लाइसेन्स बेच्ने प्रचन्च त सुरु भएन ? यो प्रश्नको जवाफ यातायात व्यवस्था विभागले दिनु पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com