ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने


एबीसी न्यूज
जेष्ठ ५, २०८३ मंगलबार  ९ : ५३ बजे

काठमाडौं, ५ जेठ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरू दर्ता गर्न अस्वीकार गरेको विरोधमा आज न्यायको खोजीका लागि दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ ।

सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई भेटेपछि बसेको बार बैठकले सर्वोच्च प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको ठहर गरेको छ ।

बार महासचिव केदार कोइरालाका अनुसार बार परिसरमा कानुन व्यवसायीको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने निर्णय भएको हो ।

सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरू दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ ।

संविधानको धारा १३६, न्याय प्रशासन ऐन, २०७३ को दफा ३५ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७ र ८ को प्रयोग गरी कामु प्रधान न्यायाधीशबाट दरपीठ उपरको निवेदन निष्कर्षका निमित्त दर्ता गर्न आदेश दिए पनि प्रशासनले अवज्ञा गरेको जानकारीमा आएको बारले जनाएको छ ।

यस्तै सोही विषयमा समेत सोमबार प्रतिनिधिसभामा कतिपय सदस्यहरूले गरेको टिप्पणीमा समेत बारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारको निर्णयमा भनिएको छ, ‘‘मिति २०८३ जेठ ५ गते दिनको १ः१५ बजे नेबाए प्रांगणमा लालटीन बाली अदालतको प्रशासनको उपरोक्तानुसारको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गरिनेछ ।”

बारले दरपीठ उपरको निवेदन विनाकारण दर्ता नगरी राख्ने विषय प्रशासनको अधिकार बाहिर न्याय मार्गमा अवरोध पुर्‍याउने कार्य रहेको ठहर गरेको छ ।

बारले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालन नगर्ने प्रशासनको रवैयालाई ‘असाधारण र अप्राकृतिक’ भनेको छ । उक्त विषय अभिलेखीकरण हुने, विस्मृतीमा नजाने ऐतिहासिक भूल एवं प्रचलित कानुन आकर्षित हुने घटनासमेत रहेको बारको निर्णयमा उल्लेख छ ।

अदालतमा विचाराधीन विषयमा सदनमा छलफल गर्न बन्देज गर्ने संविधानको धारा १०५ को प्रावधानलाई नजरअन्दाज गरिएको पनि निर्णयमा जनाइएको छ ।

“आवेश प्रेरित एवं दम्भमा आधारित उन्मादी अभिव्यक्तिको अन्त्य पश्चातापबाट हुने कुरामा नेबाए स्पष्ट छ,” बारले भनेको छ ।

यस्ता मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन र पुनः यस्ता घटनाहरू दोहोरिन नदिन स्पष्ट आदेश हुन सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण पनि गराइएको छ । बारले आफ्ना सल्लाहकार एवं एकाइबाट प्राप्त सुझाव अनुसार थप कार्यक्रम सञ्चालन गर्दै जाने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

सम्बन्धित

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

खाडी मुलुकको आग्रहमा इरानमाथिको थप सैन्य आक्रमण रोकेँ – ट्रम्प

आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तापक्रम थप बढ्ने

म दर्तै गर्दिनँ भन्ने छुट र सुविधा सर्वोच्च अदालत प्रशासनलाई छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

सर्वोच्चमा मल्ल–शर्मा प्रकरणले न्यायालयमा तरंग, रिट दर्ता रोकिएको आरोपपछि कामु प्रधानन्यायाधीश मल्लको कडा हस्तक्षेप

१०० पछि १५० विकेटमा पनि सन्दीपको रफ्तार, विश्व क्रिकेटमा नयाँ इतिहास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com