ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा ९९ प्रतिशत रोपाईं, उत्पादन बढ्ने अनुमान


admin
श्रावण १३, २०७४ शुक्रबार   ९ : ५५   बजे

भैरहवा, १२ साउन । तराई आधा भन्दा बढी जिल्लाहरुमा वर्षा नभएका कारण रोपाई हुन सकेको छैन । तर, कतिपय जिल्लाहरुमा भने समयमै वर्षा भएका कारण करिव–करिव रोपाइ सकिन लागेको छ । अन्य वर्षहरुमा समयमै रोपाइ हुन नसकेको रुपन्देहीमा यस वर्ष भने समयमै रोपाइ भएको छ ।

प्रयाप्त वर्षा भएका कारण रुपन्देहीमा अहिलेसम्म ९९ प्रतिशतको हारहारीमा रोपाइ सम्पन्न भएको छ । साउन १५ सम्ममा रुपन्देहीका अघिकांस भू–भागमा रोपाइ सकिने अनुमान गरिएको छ । समयमै रोपाई सम्पन्न हुने भएछि धान उत्पादनमा वृद्धि हुने समेत अनुमान गरिएको छ ।

रुपन्देही धान उत्पादन हुने प्रमुख जिल्लामा पर्छ । तर, रुपन्देहीका ८० प्रतिशत खेतमा पनि आकासे पानीको भर पर्नुपर्छ । विगतका वर्षहरुमा पानी समस्या झेलेका रुपन्देहीका कृषकले यस वर्ष भने पानी अभाव झेल्नु परेन । अन्य जिल्लाहरुमा कम वर्षा भए पनि रुपन्देहीमा यस वर्ष रोपाइ गर्न पुग्ने वर्षा भएको छ ।

कृषि विकास कार्यालय रुपन्देहीका अनुसार ८२ हजार ६ सय २२ हेक्टर जमिनमध्ये १० हजार ८ सय हेक्टरमा मात्रै सिंचाइको व्यवस्था छ । बाँकी ७२ हजार हेक्टर जमिनमा भने आकासे पानिकै भर पर्नु पर्छ । सिंचाईयुक्त क्षेत्र बढाउन जिल्लामा हाल साना ठूला गरी २० वटा सिंचाइ आयोजना संचालनमा छन् ।

२० हजार हेक्टर जमिन सिचाई गर्ने क्षमता भएको भैरहवा–लुम्बिनी भूमिगत जलपरियोजना जीर्ण बन्दा रुपन्देहीका अधिकांस क्षेत्रमा आकासे पानीकै भर पर्नु पर्ने भएको छ । तर, यस वर्ष भने समयमै वर्षा भएका कारण रुपन्देहीमा ९९ प्रतिशत रोपाई सम्पन्न भएको छ । समयमै रोपाई सम्पन्न भएकाले उत्पादनमा पनि वृद्धि हुने कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटा बताउँछन् ।

सिंचाइको राम्रो व्यवस्था नभए पनि रुपन्देहीका कृषयकले यस वर्ष भने सहजै रोपाई सम्पन्न गर्न लागेका छन् । तर, पर्याप्त वर्षा नभएको खण्डमा रुपन्देहीबासी पनि बाँझै बस्नुपर्ने परिस्थिति बन्नसक्छ । त्यसैले होला रुपन्देहीका कृषक पुराना सिचाई आयोजना मर्मतसम्भार गर्नुपर्ने र नँया आयोजनालाई समयमै पुरा गर्नु पर्ने बताउँछन् ।

रुपन्देहीमा पछिल्लो सयमा उन्नत जातका धान रोप्न लाथिएको छ । यो वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मर्चवारको असुरैनामा १ सय हेक्टर क्षेत्रफलमा धानको व्लक र जिल्लाका विभिन्न ठाउँमा २४ वटा पकेटमा धान खेती भएको छ ।

कृषिमा आधुनिकीकारण हुन थालेपछि धान उत्पादनमा समेत वृद्धि भएको छ । रुपन्देहीमा ६९ हजार ४ सय हेक्टरमा धान खेती हुने गरेको छ । यहाँबाट उत्पादीत ५० प्रतिशत धान बाहिरी जिल्ला जाने गरेको छ । तर, रुपन्देहीको मुख्य समस्या पनि सिंचाइ नै हो ।

त्यसैले रुपन्देहीका कृषकलाई कृषिमा निर्भर बनाउने हो भने सिंचाइको राम्रो व्यवस्था गर्नु पर्छ । पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनका कारण समयमा वर्षा नहुने समस्या बढ्न थालेको छ । त्यसैले अब पनि भू–सिंचाइको व्यवस्था हुन नसके धेरै खेतीयोग्य जमिन बाँझै रहन सक्छ ।

संयोग त्यस्तै जु¥यो भनौं । रुपन्देहीका सतप्रतिशत जमिनमा धान रोपाई सम्पन्न भएको छ । तर, तराईका अधिकांस जिल्लाहरुमा अझै पनि रोपाई सम्पन्न हुन सकेको छैन । बसै कृषकले सिंचाइ अभाव झेलेका छन् । कृषकहरु वर्षा नहुँदा निदाउन सकेका छैनन् । सबै कृषकको आँखा आकाश तिरै छ । कहिले पानी पर्ने हो कसैलाई थाहा छैन । यो बेहालत सुनाइरहँदा पीडा लाग्छ ।

जलश्रोतमा धनि कृषि प्रधान देशका हामी नागरिक । तर, नेपाली कृषकले सिंचाइ अभाव नझेलेको कुनै याम छैन । यस्तो अवस्थामा कृषिमा निर्भर कसरी हुने ? यदी कृषिमा निर्भर हुने हो भने हरेक कृषकको खेतमा सिंचाइ पुग्नु पर्छ । यदी सिंचाइको राम्रो व्यवस्था हुन नसकेको खण्डमा हाम्रो लागी भोकमारीको दिन टाढा छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group