ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–माओवादी विस्वस्त नहुँदा राप्रपा सत्ता बाहिर


admin

काठमाडौ, १३ साउन । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सहयोगी भूमिका खेल्यो ।

देउवालाई प्रधानमन्त्री बनाउन राप्रपा सहमत भएपछि राप्रपा पनि सत्ता साझेदार दल बन्नेमा दुई मत थिएन । तर, दुई पटकसम्म मन्त्री परिषद विस्तार हुँदा पनि सरकारमा राप्रपाको उपस्थिति देखिएको छैन । यसले, तत्कालका लागि राप्रपा सरकारका सहभागी हुने सम्भावना टरेको प्रष्ट हुन्छ ।

राप्रपा सरकारमा सहभागी हुन नसक्नुका विभिन्न कारण छन् । पहिलो कारण मन्त्रालय भागबण्डा नै बनेको छ । तर, संविधान संशोधनको मुद्दा समेत राप्रपाका लागि सत्तारोहणमा तगारो बनेको छ ।

मन्त्री परिषद विस्तारमा ढिलाई हुनुमा कांग्रेस भित्रको विवादले भूमिका खेल्यो । त्यति मात्र होइन संविधन संशोधनको मुद्दाले समेत मन्त्री परिषद विस्तारमा ढिलाइ भयो ।

संविधान संशोधनको मुद्धाले राष्ट्रिय प्रजातन्त्र पार्टीको सत्तारोहणमा समेत असर पुर्यायो । पहिलो पटक मन्त्री परिषद विस्तार पछि प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधनको कसरतमा जुटे ।

बहुमतिय प्रकृयामा संविधान संशोधनमा लागेका सत्तारुढ दलले मन्त्री परिषद विस्तार र संविधान संशोधनलाई लेनदेनको विषय बनाए । सत्तारुढ दलले संविधान संशोधनको पक्षमा मतदान गर्नेलाई मात्र मन्त्री बनाउने योजना बनाए ।

संविधान संशोधनमा राप्रपा पनि तयार थियो । तर, राप्रपाका सबै सांसदले संशोधनमा मतदान गर्नेमा सत्तारुढ दल विश्वस्त हुन सकेनन् । त्यसैले राप्रपाको सत्तारोहण रोकियो ।

बहुमतिय प्रकृयामा संविधान संशोधन नहुने भएपछि प्रधनमन्त्री देउवाले दोस्रो पटक मन्त्री परिषद विस्तार गरेका हुन । दोस्रो पटकको मन्त्री परिषद विस्तारमा राप्रपा अटाउन सकेन । मन्त्रालय भागबण्डामा कुरा नमिलेको भन्दै राप्रपाले सरकारमा नजाने निर्णय गर्यो ।

राप्रपा अध्यक्ष कमल थापा स्वयः सरकारमा सहभागी हुन चाहन्थे । उनको रोजाइमा उपप्रधान सहित स्थानीय विकास मन्त्रालय थियो । तर, पहिलो पटक मन्त्री परिषद विस्तार गर्दा नै प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष थापाको रोजाइमा परेको मन्त्रालय नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदारलाई दिइसकेका थिए । तर, यस बिचमा सत्तारुढ दलले राप्रपालाई पनि सरकारमा सहभागी गराउन पहल भने गरेको थियो । प्रवक्ता सुशिल श्रेष्ठले भने सरकार गठनबारे राप्रपासँग छलफल नै नगरिएको प्रतिकृया दिएका छन् ।

सत्तारुढ दलबाट सरकारमा सहभागी गराउने बारे केही प्रस्ताव आएको भए पनि सम्मानजनक नभएकाले सहभागी नहुने निर्णय भएको प्रवक्ता सुशिल श्रेष्ठ बताउँछन् ।

प्रधानमन्त्री देउवाले दुई महिना लगाएर २७ सदस्यीय मन्त्री परिष्द त बनाएका छन् । तर, कुनै पनि परिस्थितिमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने क्षमता पाएको राप्रपालाई भने सरकारमा अटाउन सकेको छैन । त्यसो त, अझै पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय बा“की नै राखेका छन् ।

सरकारले यी चार मन्त्रालय राप्रपाका लागि राखेको पनि हुनसक्छ । यदि, राप्रपाले यी चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न चाहेको खण्डमा मन्त्री परिषदले पूर्णता पाउने छ । राप्रपाले अस्वीकार गरेको खण्डमा सरकारले केही साना दललाई समेत सरकारमा सहभागी गराउन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com