ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–माओवादी विस्वस्त नहुँदा राप्रपा सत्ता बाहिर


admin
श्रावण १३, २०७४ शुक्रबार   ९ : ३९   बजे

काठमाडौ, १३ साउन । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सहयोगी भूमिका खेल्यो ।

देउवालाई प्रधानमन्त्री बनाउन राप्रपा सहमत भएपछि राप्रपा पनि सत्ता साझेदार दल बन्नेमा दुई मत थिएन । तर, दुई पटकसम्म मन्त्री परिषद विस्तार हुँदा पनि सरकारमा राप्रपाको उपस्थिति देखिएको छैन । यसले, तत्कालका लागि राप्रपा सरकारका सहभागी हुने सम्भावना टरेको प्रष्ट हुन्छ ।

राप्रपा सरकारमा सहभागी हुन नसक्नुका विभिन्न कारण छन् । पहिलो कारण मन्त्रालय भागबण्डा नै बनेको छ । तर, संविधान संशोधनको मुद्दा समेत राप्रपाका लागि सत्तारोहणमा तगारो बनेको छ ।

मन्त्री परिषद विस्तारमा ढिलाई हुनुमा कांग्रेस भित्रको विवादले भूमिका खेल्यो । त्यति मात्र होइन संविधन संशोधनको मुद्दाले समेत मन्त्री परिषद विस्तारमा ढिलाइ भयो ।

संविधान संशोधनको मुद्धाले राष्ट्रिय प्रजातन्त्र पार्टीको सत्तारोहणमा समेत असर पुर्यायो । पहिलो पटक मन्त्री परिषद विस्तार पछि प्रधानमन्त्री शेरबहादुर देउवा संविधान संशोधनको कसरतमा जुटे ।

बहुमतिय प्रकृयामा संविधान संशोधनमा लागेका सत्तारुढ दलले मन्त्री परिषद विस्तार र संविधान संशोधनलाई लेनदेनको विषय बनाए । सत्तारुढ दलले संविधान संशोधनको पक्षमा मतदान गर्नेलाई मात्र मन्त्री बनाउने योजना बनाए ।

संविधान संशोधनमा राप्रपा पनि तयार थियो । तर, राप्रपाका सबै सांसदले संशोधनमा मतदान गर्नेमा सत्तारुढ दल विश्वस्त हुन सकेनन् । त्यसैले राप्रपाको सत्तारोहण रोकियो ।

बहुमतिय प्रकृयामा संविधान संशोधन नहुने भएपछि प्रधनमन्त्री देउवाले दोस्रो पटक मन्त्री परिषद विस्तार गरेका हुन । दोस्रो पटकको मन्त्री परिषद विस्तारमा राप्रपा अटाउन सकेन । मन्त्रालय भागबण्डामा कुरा नमिलेको भन्दै राप्रपाले सरकारमा नजाने निर्णय गर्यो ।

राप्रपा अध्यक्ष कमल थापा स्वयः सरकारमा सहभागी हुन चाहन्थे । उनको रोजाइमा उपप्रधान सहित स्थानीय विकास मन्त्रालय थियो । तर, पहिलो पटक मन्त्री परिषद विस्तार गर्दा नै प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष थापाको रोजाइमा परेको मन्त्रालय नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदारलाई दिइसकेका थिए । तर, यस बिचमा सत्तारुढ दलले राप्रपालाई पनि सरकारमा सहभागी गराउन पहल भने गरेको थियो । प्रवक्ता सुशिल श्रेष्ठले भने सरकार गठनबारे राप्रपासँग छलफल नै नगरिएको प्रतिकृया दिएका छन् ।

सत्तारुढ दलबाट सरकारमा सहभागी गराउने बारे केही प्रस्ताव आएको भए पनि सम्मानजनक नभएकाले सहभागी नहुने निर्णय भएको प्रवक्ता सुशिल श्रेष्ठ बताउँछन् ।

प्रधानमन्त्री देउवाले दुई महिना लगाएर २७ सदस्यीय मन्त्री परिष्द त बनाएका छन् । तर, कुनै पनि परिस्थितिमा निर्णायक भूमिका निर्वाह गर्न सक्ने क्षमता पाएको राप्रपालाई भने सरकारमा अटाउन सकेको छैन । त्यसो त, अझै पनि उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालय बा“की नै राखेका छन् ।

सरकारले यी चार मन्त्रालय राप्रपाका लागि राखेको पनि हुनसक्छ । यदि, राप्रपाले यी चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न चाहेको खण्डमा मन्त्री परिषदले पूर्णता पाउने छ । राप्रपाले अस्वीकार गरेको खण्डमा सरकारले केही साना दललाई समेत सरकारमा सहभागी गराउन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

कूटनीतिक सीमा नाघ्दै रवि: दिल्लीको भूमिमा तेस्रो मुलुकका दूतसँगको भेट !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group