काठमाडौं,१८ भाद्र । नेपालीको मौलिक पोशाकका रूपमा रहेको दौरा सुरुवाल र साडीलाई राष्ट्रिय पोशाक घोषणा गर्न कांग्रेसले माग गरेको छ । प्रतिनिधि सभाको सोमवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसकी उमा रेग्मीले विगतमा राष्ट्रिय पोशाकलाई अनासायै हटाइएको भन्दै पुनः कायम गर्न माग गरेकी हुन् । ...