काठमाडौं,१६ भाद्र । राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले राज्यको कुनै पनि अंग समावेशी हुन नसकेको बताउनुभएको छ ।
मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ठाकुरले राज्यले हरेक अंगमा समावेशी गर्ने भनेपनि त्यसो हुन नसकेको बताउनुभएको हो ।
उहाले मुलुक बहुसास्कृतिक , बहुभाषिय राज्य भएपनि जनताले त्यसको अनुभूति गर्न नसकेको गुनासो गर्नुभयो । उहाले सबै भाषा सस्कृति र जातजातीले समाधान अधिकार पाउनुपर्नेमा जोड दिनुभयो ।
मुलुक संघियतामा गएपछि पनि भाषिक र सास्कृतिक भेदभाव नरोकिएको उहाको भनाइ छ । उहाले आफ्नो भाषा संस्कृतिको रक्षा गर्दे अधिकार प्राप्तीका लागी लडाई जारी राख्नुपर्नेमा पनि बताउनुभयो ।
त्यस्तै संयोजक ठाकुरले मिथिला संस्कृतिलाई जोगाईराख्नका लागी सबै गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले आफ्नो सस्कृति , भाषालाई बिदेशी सस्कृतिले बिस्थापीत गर्नबाट रोक्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्