काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गर्नुभएको हो । उहाँले पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान बुझाइ हुन सक्ने भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले गुट उपगुटतिर नलागेर, विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन । तर कहिलेकाँही त्याग र बलिदान भनेको अरूले गर्यो भने खुशी मान्ने तर आफूले गर्यो भने दुःख मान्ने कुरा हुने रहेछ । यसबाट सचेत रहनका लागि म अनुरोध गर्न चाहन्छु ।’
सभापति लामिछानेले पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा ९एमाले० लाई पार्टीभित्र देखिएका विवादहरू सुल्झाउन सुभाव दिनुभयो । कांग्रेस र एमालेभित्रका समस्या नमिल्दा देशलाई अगाडि लैजान समस्या हुने उहाँको भनाइ छ ।
लामिछानेले चुनावअघि नै आफूले प्रधानमन्त्री शाहलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइसकेको बताउँदै नागरिकका समस्या समाधान गरेर देश बनाउने जिम्मेवारी पनि उहाँकै भएको पनि बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्