काठमाडौं, १४ माघ । नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उहाँले भन्नुभयो, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो ...