काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको एउटा लडाइँ जिते पनि सम्पूर्ण युद्ध भने जित्न बाँकी रहेको बताउनुभएको छ । आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा–सभा तथा शपथ–ग्रहण समारोहको राजधानीमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘हामी अझै एकतावद्ध हुनुपर्ने र ...