ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस संक्रमणबाट ८० जनाको मृत्यु, स्वदेश फर्कन नपाउदा उहानमा रहेका नेपाली चिन्तित (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौ, १३ माघ । चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या ८० पुगेको छ ।  यतिबेला चीनले भाइरस प्रभावित शहरहरुमा यात्रामा प्रतिबन्ध लगाएको छ । चीनबाट अन्य देशमा जान र आउन पनि चीन सरकारले रोक लगाएकाले त्यहा रहेका विदेशी नागरिकहरु चिन्तित रहेका छन् ।

उहानमा रहेका धेरै नेपालीहरु भाइरस सर्नेमा चिन्तीत रहेको र नेपाल फर्कन चाहेका छन् । तर अहिले जोकसैलाई पनि स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ । चीन सरकारले भाइरस प्रभावित शहरहरुमा यात्रामा समेत प्रतिबन्ध लगाएको छ भने अस्पतालहरु बिरामीले भरिभराउ भएको चीनको उहानमा रहनुभएका नेपाली चिकित्सक डा. रमेश आचार्यले एबीसी न्यूजलाई जानकारी दिनुभयो । उहाका अनुसार चीनका प्रमुख सहरमा प्रभावित प्रान्तबाट फर्केर आउनेलाई भाइरस सर्न सक्ने कारणले कम्तीमा १४ दिनसम्म घरभित्रै रहन भनिएको डा.रमेश आचार्यले जानकारी दिनुभयो ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/01/video-1580039514.mp4

हुवाई प्रान्तमा मात्र थप १३ जनाको मृत्यु भएको हो । हुवाई प्रान्त यो भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । पछिल्लो २४ घण्टामा मात्रै ६ सय ६८ जनामा यसको संक्रमण देखिएको छ । २ हजार ५ सय ८४ जनालाई उपचारमा राखिएको र २१ हजार ५ सय ५६ जनालाई प्रत्यक्ष निगरानीमा राखिएको समाचारमा जनाइएको छ । चीनपछि यो भाइरसको संक्रमण अहिले यूरोपमा पनि फैलिएको छ ।

कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ । न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम चीन सरकारले गरिरहेको छ । यो संक्रमणका कारण चीनका केही सहर प्राय ठप्प भएका छन् । जहा सार्वजनिक बस, रेल, र हवाई यातायातसमेत बन्द गरिएको छ ।

हुवेइ शहरमा एक जना चिकित्सककै मृत्यु भएको छ । १ करोड १० लाख जनसंख्या भएको उहानमा पहिलो पटक यो भाइरस देखिएको थियो । यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरु देखा पर्ने चिकित्सकहरु बताउंछन् ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/01/video-1580039817.mp4

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com