ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस संक्रमणबाट ८० जनाको मृत्यु, स्वदेश फर्कन नपाउदा उहानमा रहेका नेपाली चिन्तित (भिडियोसहित)


एबीसी न्यूज
माघ १३, २०७६ सोमबार  ९ : ०० बजे


काठमाडौ, १३ माघ । चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या ८० पुगेको छ ।  यतिबेला चीनले भाइरस प्रभावित शहरहरुमा यात्रामा प्रतिबन्ध लगाएको छ । चीनबाट अन्य देशमा जान र आउन पनि चीन सरकारले रोक लगाएकाले त्यहा रहेका विदेशी नागरिकहरु चिन्तित रहेका छन् ।

उहानमा रहेका धेरै नेपालीहरु भाइरस सर्नेमा चिन्तीत रहेको र नेपाल फर्कन चाहेका छन् । तर अहिले जोकसैलाई पनि स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ । चीन सरकारले भाइरस प्रभावित शहरहरुमा यात्रामा समेत प्रतिबन्ध लगाएको छ भने अस्पतालहरु बिरामीले भरिभराउ भएको चीनको उहानमा रहनुभएका नेपाली चिकित्सक डा. रमेश आचार्यले एबीसी न्यूजलाई जानकारी दिनुभयो । उहाका अनुसार चीनका प्रमुख सहरमा प्रभावित प्रान्तबाट फर्केर आउनेलाई भाइरस सर्न सक्ने कारणले कम्तीमा १४ दिनसम्म घरभित्रै रहन भनिएको डा.रमेश आचार्यले जानकारी दिनुभयो ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/01/video-1580039514.mp4

हुवाई प्रान्तमा मात्र थप १३ जनाको मृत्यु भएको हो । हुवाई प्रान्त यो भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । पछिल्लो २४ घण्टामा मात्रै ६ सय ६८ जनामा यसको संक्रमण देखिएको छ । २ हजार ५ सय ८४ जनालाई उपचारमा राखिएको र २१ हजार ५ सय ५६ जनालाई प्रत्यक्ष निगरानीमा राखिएको समाचारमा जनाइएको छ । चीनपछि यो भाइरसको संक्रमण अहिले यूरोपमा पनि फैलिएको छ ।

कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ । न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम चीन सरकारले गरिरहेको छ । यो संक्रमणका कारण चीनका केही सहर प्राय ठप्प भएका छन् । जहा सार्वजनिक बस, रेल, र हवाई यातायातसमेत बन्द गरिएको छ ।

हुवेइ शहरमा एक जना चिकित्सककै मृत्यु भएको छ । १ करोड १० लाख जनसंख्या भएको उहानमा पहिलो पटक यो भाइरस देखिएको थियो । यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरु देखा पर्ने चिकित्सकहरु बताउंछन् ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/01/video-1580039817.mp4

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो: राष्ट्रपति ट्रम्प सुरक्षित, कार्यक्रमस्थलमा भागदौड !

बत्ती दोलखामा, स्विच भारतमा

सम्बन्धित

एक महिना बित्दा पनि नेता छैन: कांग्रेस नेतृत्व असफल?

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com