ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् : प्रधानमन्त्री ( सम्बोधनको पूर्णपाठ सहित)


एबीसी न्यूज
माघ १४, २०७६ मंगलबार  २ : ३१ बजे

काठमाडौं, १४ माघ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिनु भएको छ ।

मंगलबार प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख सापकोटालाई बधाई दिनुभएको हो ।

सम्बोधनको पूर्णपाठ
सभामुख सर्वसम्मत ढंगले निर्वाचित हुनुभएको छ । यो खुशीको कुरा हो । राम्रो लक्षण हो । कहीँकतै विरोधको पक्ष रहेनन् । यही भावका साथ आगामी दिनमा संसद अगाडि बढ्नेछ। यहाँले संविधानको रक्षा र त्यसको मर्मअनुसार परिपालना र कार्यान्वयन गर्नुहुनेछ। कानून र नियमसंगत ढंगले संसदलाई अघि बढाउने सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु। आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । सकारात्मक भूमिकामा साथ रहनेछ ।

सभामुख महोदय, हामी एउटा राजनीतिक आन्दोलनको चरण पार गरेर यस विन्दूमा आइपुगेका छौं । जहाँ हामीले देशलाई कसरी अगाडि बढाउने रु आजको प्राथमिकता के हुन् रु हाम्रा विचार र काम के मा केन्द्रीत गनुपर्छ भन्ने विचार गरे अघि बढेनुपर्ने अवस्था छ ।

हाम्रो समाजको चरित्र मेलमिलाप ढंगले अघि बढ्नेछ। हामीले लोकतात्तिका प्राणली स्थापित गरिसक्यो । सार्वभौम जनता सवै निर्णयका अन्तिम शक्ति हुन् । हामीले प्रणाली मात्रै होइन, प्रक्रिया पनि लोकतान्त्रिक अवलम्बन गरेका छौं । जनताको सार्वभौम सत्ता संवैधिानक हिसाबले, व्यवहारिक ढंगले निर्वाचन गराएर र संरचना बनाएर बलियो बनाएका छौं ।

संविधान कार्यान्वयनका संरचना बनाउने कुरामा हामीले बाटो तय गरिसकेका छौं । सुशासन र विकासका प्रश्नमा विचार केन्द्रीत गरेर अघि बढ्न जरुरी छ।

विभिन्न दल छौं । बहुदल प्रणाली हामीले रोज्यौं । हामीले छानेको, रोजेको र स्वीकारेको बहुमतीय र बहुदलीय प्रणाली छ। यसमा स्वभाविक केही फरक मत हुन सक्छन् । तर, स्वास्थ्य प्रतिष्पर्धाबाट अघि जानेछौं।

हिजो लोकतन्त्रको लडाइँमा साथसाथै अघि बढेका थियौं । हाम्रा तरिकाहरु र बाटाहरु अलि फरक भएपनि गन्तब्य एउटै थियो । त्यसैले विभिन्न ठूला असहमतिको बाबजुद सहमतिमा पुगेका छौं र आज यस ठाउँमा छौं।

हाम्रो समाजको चरित्र अलि त्यस्तै छ । हामी संघर्ष गर्दा पनि संघर्षबाट अन्तिममा सहमतिमा पुग्छौं । हाम्रो संघर्षको र संघर्षको उपलब्धिको टुंगो लगाउने विधी यही हो ।

२००७ सालमा संघर्ष भयो । सहमतिमा टुंगियो । जसका विरुद्ध आन्दोलन गरिएको थियो, उनीहरुलाई नै प्रधानमन्त्री बनाइयो । जुन राजा भागे तिनलाई ल्याएर गद्दीमा आसन गरियो। जहाँ सहमति भयो, सहमति सहित अघि बढियो। त्यहाँ ठूला सफलता प्राप्त भएका छन् । आन्दोलनमा वा संघर्षमा जहाँ एकताबद्ध भएनौं । त्यहाँ असफता र पीडा भोको छौं । विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन्। जतिबेला एकताबद्ध भएनौं । निर्दलीय व्यवस्था त्यतिबेलासम्म चल्यो, जहाँसम्म हामी एकताबद्ध भएनौं ।

एकतावद्ध भएरै हामीले संविधान जारी गर्न सकेका हौं । एकताबद्ध नभएको भए, संविधापछि निर्वाचन सम्भव हुने थिएन । यीनले एकताबद्ध भइ अघि बढ्न शिक्षा दिएको छ।

अब हाम्रा एजेन्डा र विषयलाई सुशासन र विकासतर्फ केन्द्रीत गर्न जरुरी छ। आजको समय आइडोलोजिकल आग्रहमा अडिने र तिनले सत्य भन्दा माथि ठान्ने प्रवृत्तिबाट बाहिर आउनुपर्छ । आफ्नो संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यकलाई कम महत्व दिने हामीसँग समय छैन ।

दुनियाँ तीव्र गतिमा अघि बढेको छ । विकास, विज्ञान प्रविधी, भौतिक पूर्वाधार र कनेक्टिभिटीमा दुनियाँलाई पक्डिन सकेनौं भने समयले हामीलाई पर्खिदैन । सवै माननीयज्यूमा मेरो आग्रह छ, त्यस गतिलाई समाउन सकौं । त्यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले लडेर ल्याएको प्रणाली, त्यस प्रणाली अनुकुलको संविधान, संविधान अनुकुलका कानून ल्याउन सरकार प्रतिवद्ध छ। हामी यतिबेला ससाना कुरामा अल्झिने र आग्रहमा अल्झिने समय छैन । अनावश्यक वहशमा अल्झिने गर्नु उपयुक्त हुँदैन ।

केही दिनपछि मैले आजको राजनीतिक अवस्था विभिन्न चर्चामा रहेका समसामयिक सान्दर्भिक विषय र हामीले गर्नुपर्ने काम र ततसम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आफ्नो छुट्टै समय लिएर राख्नेछु ।

विलम्ब भइसकेका छौं हामी । सभामुख चयनमा विलम्ब भयौं । अव विलम्ब गर्नुहुँदैन । हाम्रा कामलाई संसद र सरकारले तीव्र गतिमा अघि बढाउन जरुरी छ । नत्र वास्तवममै पछाडि पर्छौं । अरु विषयमा म पछि भन्नेछु।

हामीले यतिबेला हाम्रो अगाडि थुप्रै विधेयक पारित गरेर निर्माण गर्नुपर्नेछ । प्रस्ताव पारित गर्नुपर्नेछ । हामीले धेरै अघिदेखि बढ्दै आएको र विभिन्न चरण पार गर्दै आएको एमसीसी पारित गर्नुपर्नेछ । यस्ता अनेक विषय हाम्रा अघि छन् । जसका विषयमा सविस्तार पछि भन्नेछु । सवैलाई माननीयज्युलाई स्वागत गर्न चाहन्छु ।

नेपाल भ्रमण वर्षको रुपमा अघि सारेका छौं । सुरुमै केही धक्का संकेतहरु प्राविधिक हिसाबले देखा परको छन् । जसलाई सावधानीपूर्वक सामना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ। यस अधिवेशनलाई अलिकति समय खेर गएको भएपनि अव खेर जान नदिएर हाम्राअघि जुन काम छन्, सहज ढंगले अघि बढाउनुपर्नेछ । यस काममका सभामुखको सफल नेतृत्व हुनेछ भन्ने विश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com