ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख सापकोटालाई प्रधानमन्त्रीले दिए संसदमै दवाव, एमसीसी जसरी पनि पास गर्नुपर्छ’


admin

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सात प्रधानमन्त्रीको अवधि पार गर्दै आएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी छिटो पारित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सो विषयमा आगामी बैठकमा विस्तारमा राखिने बताउनुभयो । उहाँले संसद्लाई नियमसम्मत ढङ्गले अघि बढाउन सभामुखलाई सफलता मिल्ने कामना गर्दै सहयोगको प्रतिबद्धता जनाउनुभयो । “समाजको चरित्र पनि मेलमिलापयुक्त तरिकाले अघि बढेकाले संसद् पनि त्यही रुपमा अघि बढ्ने विश्वास छ, जनतामा सार्वभौमसत्ता आइसकेकाले जनता सबै कुराका अन्तिम निर्णयकर्ता बनेका छन्, संविधान कार्यान्वयनका लागि संयन्त्रलाई अघि बढाउनुपर्छ, बहुदलीय व्यवस्था, बहुविचार, बहुलता र विविधता हामीले रोजेको व्यवस्था भएकाले त्यसैअनुसार अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

सबै दलले छानेको व्यवस्था केही मतभिन्नता भए पनि आधारभूत कुरामा एकता गरेर अघि जान सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो । विगतमा बाटा फरक भए पनि गन्तव्य एउटै हुँदा एक भएर अघि बढे जस्तै अब पनि त्यही बाटोबाट हिँड्नुपर्ने उहाँको भनाइ थियो । “सङ्घर्षबाट पनि अन्तिममा हामी सहमतिमा पुग्छौँ, सात सालमा आन्दोलन सम्झौतामा पुगियो, सबै एकताबद्ध हुँदा सहमतिका साथ देश अघि बढी सफल भएको इतिहास छ, एकताबद्ध नहुँदा प्रतिगामी तत्व सफल भएकाले अब हामीले बेलैमा ध्यान दिनुपर्छ, एकताबद्ध रुपमा अघि बढ्न अनुभवले शिक्षा दिएको छ”, उहाँले भन्नुभयो ।

दुनियाँ पूर्वाधार, विज्ञान प्रविधि आदि क्षेत्रमा तीव्र गतिमा अघि बढेको बताउँदै उहाँले त्यसलाई पक्रन नसके समय खेर जाने प्रधानमन्त्री ओलीले औँल्याउनुभयो । “बलिदानीपूर्ण सङ्घर्षबाट ल्याएको संविधान, त्यसअनुसार कानून निर्माण र कार्यान्वयनमा सरकार प्रतिबद्ध छ, आग्रहमा अल्झने गर्नु उपयुक्त हुँदैन, सभामुख चयनमै पनि हामी विलम्ब भयौँ, अब ढिला गरिनु हुँदैन”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com