काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिनु भएको छ ।
मंगलबार प्रतिनिधिसभा संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत ढंगले संसद अघि बढाउन सफलता मिलोस् भन्दै सभामुख सापकोटालाई बधाई दिनुभएको हो ।
‘कार्यकाल सफल रहोस्, हाम्रो संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद सञ्चालनको गहन अभिभारा यहाँको हातमा आएको छ। म खुसी व्यक्त गर्न चाहन्छु। यस काममा सफलता मिलोस्। दल, सरकार र मेरो तर्फबाट बधाई तथा शुभकामना भन्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाले सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक रहेको बताए। संविधानको मर्मअनुसार कार्यान्वयन र कानुनसम्मत र मर्यादित ढंगले संसद अघि बढाउन सफलतापूर्वक मिल्ने पनि प्रधानमन्त्रीले विश्वास गर्नुभएको छ । ‘सभा सञ्चालनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहन्छ,’ प्रधानमन्त्रीले भन्न्भयो ।
प्रतिक्रिया दिनुहोस्