काठमाडौं , १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउसो ४ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डामा छलफल हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो ।
दिउँसो चार बजे बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डालाई अन्तिमरुप दिनेछ । सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्नेछन् । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस्