ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभित्रै फल्छ पैसा कम लगानी मनग्य आम्दानी ! मौरी व्यवसाय ? (भिडियोसहित)


admin
माघ १४, २०७६ मंगलबार  २ : ४८ बजे

पाल्पा,१४ माघ । पाल्पाको तिनाउँ गाउँँ पालिका ओखलढुङामा ब्यावसायीक मौरी पालेर मनग्य आम्दानी गरेका नर बहादुर उचाईले मौरी पालन सूरु गरेको लामो समय बित्यो तर पनि उनि आधुनिक तरिकाबाट मौरी पालन गर्ने तरिकाबारे बेखबर छन् । उनिजस्तै अन्य किसानलाई पनि आधुनिक प्रविधिबारे तालिम दिनु जरुरी देखिउको छ ।

पाल्पाको तिनाउ गाउँ पालिका भित्रको बिकट गाउँ ओखलढुङाको गौउ बास । त्यही गाउँमा २० वर्षबाट निरन्तर मौरी पालेर जिवन चलाएका नर बहादुर उचाई मगर लाई अझै सम्म आधुनिक मौरी पालन पेसा थाहा छैन ।उनको घर बारी र पखेरा समेत परम्परागत रुपमा पालिने मुढे घरमा मौरी पालेका उचाई घरमा अहिले १ सय ८० देखि २ सय पचास सम्म मुढेघारमा मौरी रहेको उनको भनाई छ । केही समय अगाडी परम्परागत रुपमा गरीदै आएको मौरीपालन पेशा आजभोली व्यावसायीक तिर अगाडि बढेको पाइन्छ । मौरी पालेर आफ्नो जिवन प्रगति तिर बढीरहेको बताउने पश्चिम पाल्पाका नर बहादुर बुचा मगर स्वदेसमै बसेर मनग्य आम्दानी मह बेचेर गरेको सुनाए आधुनीक तरीकाले मौरी पालन गर्न नजानेका नर बहादुरले आफैले गाउँ ठाउँमा पाइने मुडे घारमा मौरी पालन गर्दै आएको बताउछन । नर बहादुरको घरमा दैनिक जसो मह किन्ने ब्यापारी पुग्ने गर्छन उनले घरमा पुगेका ब्यापारी लाई मुढे घार बाट मौरी काढेर खान दिन्छन अनी आफ्नो मौरी पालन पेसा अरु लाई सुनाउने गर्छन ।

नर बहादुरले यो पेसा दिर्घकालिन रुपमा राम्रो हुने भएकोले उनी यसै पैसालाइ अंगाली अगाडी बढेको बताउछन आजभोली विदेशिने होड बाजी नै चलेको छ स्वदेशमा बसेर केही गरौ भन्ने मानिस कमै छन् । तर गर्नेहरु पनि स्वदेशमा उदाहरणीय छन् पाचँ कलास मात्र पढेका नर बहादुर मौरी पालन गरेर उत्पादन भएको मह बेचेर नै ९ जनाको परिवार पालेको वताउँछन्न  बहादुरलाई मौरीमा कुनै रोग लागेर मरे पनि उपचार गर्ने कुनै ज्ञान छैन । आधुनीक तरीका बाट मौरी पाल्न पाए अझ बढी राम्रो आम्दानी हुने थियो उनी भन्छन मैले जस्तै मौरीपालेर घर चलाउने धेरैछन्् तर कुनै संघ संस्था कृषि सेवा केन्द्र जिल्ला कृषि विकास कार्यालय वाट आज सम्म न तालिम पाएका छौ । नत प्राविधिक सहयोग नै त्यसैले उनी राज्य प्रति त्यति सन्तुष्ठ नभएको बताउछन । हामीले तिनाउ गाउँ पालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगर लाई उनको गुनासो सुनाउन पुग्यौ उले अब अनुदान र आधुनिक तरिकाल मौरी पालन गर्ने तालिम दिने तयारी भएको बताए ।
नर बहादुरले उत्पादन गरेको महमा कुनै मिसावट नहुने हुदाँ पनि उनको मह बढी बिक्री हुने उपभोक्ताको भनाइ रहेको छ महको अहीले बजार भाउ ७ सय प्रती केजी रुपैया पर्छ मह औषधीको रुपमा समेत प्रयोग हुने हुदाँ मह बढी प्रयोग गरेको पाइन्छ । मह दम रुघा खोकी ढाड दुखेको सन्चो हुने जन विश्वास रहेको छ धार्मीक दृष्टिकोणले पनि मह नभइ नहुने तत्व पनि हो । उनले उत्पादन गरेको मह पाल्पा जिल्लाको बिधिन्न स्थान तानसेन तथा बुटवल बजार सम्म लैजाने गर्छन नर बहादुर वाजेको मह भने पछि सवै खोजी खोजी किन्ने गरेको उनी वताउछन् उनी जस्तै स्वदेशमै पौरख गर्ने हो भने बिदेसीभुमी तिर भौतारीन् पर्दैन की ?

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)

प्रधानमन्त्रीको सम्बोधनबिनै सकियो संसद्को पहिलो अधिवेशन

सम्बन्धित

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ यात्रु घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com