काठमाडौं, २० फागुन । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हाल्नुभएको छ । सार्कको महासचिवमा नियुक्त हुनुअघि उहाँ श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव हुनुहुन्थ्यो । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताउनुभएका महासचिव विराकुनले त्यहाँको ...