ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको जयजयकार गर्दै फर्किए क्वारेन्टाइनमा बसेका १ सय ६५ जना नेपाली


एबीसी न्यूज
फाल्गुन २०, २०७६ मंगलबार  ७ : ५६ बजे

भक्तपुर, २० फागुन  ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले भक्तपुरको खरिपाटी क्वारेन्टाइनबाट बिदा भएका नेपालीलाई कोरोना भाइरसका बारेमा जनचेतना अभिवृद्धि गर्न आग्रह गर्नुभएको छ ।

सरकारले गएको फागुन ४ गते चीनको वुहानबाट उद्धार गरेर ल्याएको १ सय ६५ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा बसेकासहित उनीहरुको स्वास्थ्य हेरचाहमा खटिएका सात स्वास्थ्यकर्मीको टोलीलाई सोमबार बिदाइ गर्दै उहाँले कोरानाको बारेमा जनचेतना अभिवृद्धिमा लाग्न आग्रह गर्नुभएको हो । गएको शनिबार क्वारेन्टाइनमा रहेका सबैको नाक र घाँटीको स्वाब सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै सङ्क्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।

बिदाइ कार्यक्रममा राज्यमन्त्री रावतले भन्नुभयो, हाम्रो मनोविज्ञानका कारणले समाजमा भ्रम फैलिएको छ, यो समस्यालाई सहजै हल गर्न सकियो । अब आउन सक्ने समस्यालाई पनि हल गर्न र कारोनाबारे जनचेतना अभिवृद्धि गर्न तपाईँहरु आजैदेखि लाग्नु हुनेछ भन्ने विश्वास लिएका छौँ ।

उहाँले घर फर्किएका सबैको दीर्घायु एवं सुखद् भविष्यको कामना गर्दै क्वारेन्टाइनमा रहेका नेपालीलाई सकुशल घर फर्कन सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीलगायत सबैप्रति आभार व्यक्त गर्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले उनीहरुको रिपोर्टमा कोरोना नदेखिएकाले घर फर्काइएको बताउनुभयो । क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई सुरक्षादेखि आवश्यक सम्पूर्ण सहयोग पुर्‍याएको बताउँदै नेपाली सेनाको वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जस्तोसुकै अवस्थामा पनि देशको सेवा गर्न तयार रहेको बताउनुभयो ।

क्वारेन्टाइनका विद्यार्थीहरुको स्वास्थ्य रेखदेखमा सक्रिय रहँदै आउनुभएका नेपाली सेनाका क्याप्टेन डाक्टर नविन फुँयालले क्वारेन्टाइनमा रहेका सबै स्वथ्य रहेको रिपोर्ट सार्वजनिक गर्नुभएको थियो । त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खटिनुभएका डाक्टर रुना झाले मन्त्रालयको तर्फबाट छिटो र जिम्मेवारीपूर्वक रुपमा कार्य गर्न सफल भएको बताउनुभयो ।

स्वास्थ्य परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नभएको खबर आएपछि क्वारेन्टाइनमा बसेका सबैले ताली बजाएर खुशी साटेका थिए भने क्वारेन्टाइनमा गरिएको राम्रो व्यवस्थालाई लिएर सरकारप्रति आभार व्यक्त गर्दै सबैले सरकारको जयजयकारको नारा लगाएका थिए ।

चीनको वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १ सय ७५ जनालाई गएको फागुन ४ गते उद्धार गरी ल्याएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइनको बसाइ पूरा गरी गएको आइतबार नै घर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com