डोल्पा १५ कात्तिक । हिमाली जिल्ला डोल्पाका युवाहरुलाई खेलप्रतिको आकर्षण बडाउनकोलागि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु गरिएको छ । खेलकुदलाई युवाहरुको अनुशासन, राष्ट्रिय गहना र पहिचानको रुपमा विकास गरौँ भन्ने नाराका साथ त्रिपुरासुन्दरी कला साहित्य समाज डोल्पाले उक्त प्रतियोगिताको आयोजनामा गरेको हो । ...