ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहन विक्रम थापा स्मृति फुटबलको फाइनल आज, कसले जित्ला दुई लाख ?


admin

सिन्धुली, १७ कात्तिक। सिन्धुली जिल्लाकै सर्वोत्कृष्ठ राशी पुरस्कार रहेको मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता फाइनल खेल आज (शनिवार) हुने भएको छ ।

सिन्धुलीको भिमानस्थित जनजागृति विद्यालय प्रांगणमा हुने फुटबल प्रतियोगिताको फाइनल खेलको शनिवार बिहान ११ बजेकाट सुरु हुनेछ । फाइनल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक भिमान युवा क्लबले जनाएको छ ।

 

कात्तिक ८ गतेबाट सुरु भएको सो फुटबल प्रतियोगिताको फाइनलमा बर्दिबास स्पोर्टस क्लब महोत्तरी र चन्द्रमा क्लब महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको प्रथम हुनेले डेढ लाख नगद पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक क्लवले जनाएको छ । सो प्रतियोगिताको फाइनल खेलमा दर्शकको रुपमा सहभागी हुन काठमाडौं, जनकपुर र सिन्धुलीका विभिन्न स्थानबाट व्यापक सहभागिता रहने आयोजकको अनुमान छ । सो प्रतियोगिता सिन्धुली टष्टको साझेदारीमा सम्पन्न हुन लागेको हो ।

सो प्रतियोगिताका फाइनल खेलमा विशेष अतिथिका रुपमा मिस नेपाल हङकङ सुस्मा लिम्बू पनि सहभागी हुने आयाजकले जानकारी दिएको छ ।

कार्यक्रममा सिन्धुलीका ख्याती प्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन् । कार्यक्रममा विशेष व्यक्तित्वहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टिचिङ अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेल चिकित्सकको निगरानीमा

काठमाडौं, १९ चैत्र ।  राष्ट्रपति रामचन्द्र पौडेल शनिबार साँभ अस्पताल भर्ना भएका छन्। राष्ट्रपति पौडेल पेटमा स्वास्थ्य समस्या देखिएपछि शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा

आज प्रतिनिधि सभाको बैठक, नियमावली मस्यौदा समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची

काठमाडौं, १९ चैत्र । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल

उपल्लो डोल्पामा बिरामी उद्धार गर्न जाने हेलिकोप्टरमा कर्मचारीको रजाइ

सुर्खेत, १९ चैत । उपल्लो डोल्पामा उद्धारका लागि जाने हेलिकोप्टरमा कर्मचारीले जान खोज्दा आफूहरु समस्यामा परेको पीडितले बताएका छन् । बिरामी उद्धारदेखि अन्य प्रयोजनका लागि उपल्लो

सम्बन्धित

बार्सिलोनाको सहज जित

विराटनगर सिटीलाई विराट गोल्डकपको उपाधि

थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

चितवनको क्रिकेट रंगशालाको समस्या एक वा दुई हप्ता भित्र समाधान हुन्छः प्रधानमन्त्री प्रचण्ड

विराटनगर र लुका सकर उपाधिका लागि भिड्दै

लुका सकर विराट गोल्डकपकाे फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...