ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोहन विक्रम थापा स्मृति फुटबलको फाइनल आज, कसले जित्ला दुई लाख ?


admin
कार्तिक १७, २०७५ शनिबार  ६ : ४१ बजे

सिन्धुली, १७ कात्तिक। सिन्धुली जिल्लाकै सर्वोत्कृष्ठ राशी पुरस्कार रहेको मोहन विक्रम थापा स्मृति फुटबल प्रतियोगिता फाइनल खेल आज (शनिवार) हुने भएको छ ।

सिन्धुलीको भिमानस्थित जनजागृति विद्यालय प्रांगणमा हुने फुटबल प्रतियोगिताको फाइनल खेलको शनिवार बिहान ११ बजेकाट सुरु हुनेछ । फाइनल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक भिमान युवा क्लबले जनाएको छ ।

 

कात्तिक ८ गतेबाट सुरु भएको सो फुटबल प्रतियोगिताको फाइनलमा बर्दिबास स्पोर्टस क्लब महोत्तरी र चन्द्रमा क्लब महोत्तरीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको प्रथम हुनेले डेढ लाख नगद पुरस्कारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । दोस्रो हुनेले ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, अनुशासित टिम र म्यान अफ दी म्याचको अवार्डसमेत रहेको आयोजक क्लवले जनाएको छ । सो प्रतियोगिताको फाइनल खेलमा दर्शकको रुपमा सहभागी हुन काठमाडौं, जनकपुर र सिन्धुलीका विभिन्न स्थानबाट व्यापक सहभागिता रहने आयोजकको अनुमान छ । सो प्रतियोगिता सिन्धुली टष्टको साझेदारीमा सम्पन्न हुन लागेको हो ।

सो प्रतियोगिताका फाइनल खेलमा विशेष अतिथिका रुपमा मिस नेपाल हङकङ सुस्मा लिम्बू पनि सहभागी हुने आयाजकले जानकारी दिएको छ ।

कार्यक्रममा सिन्धुलीका ख्याती प्राप्त कलाकारहरुले सांगीतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन् । कार्यक्रममा विशेष व्यक्तित्वहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेले फेरि खेल्यो ‘पपुलिस्ट कार्ड’ : २० लाख निर्व्याजी, २५ हजार मिनाहा, न्यूनतम ज्याला २५ हजार’ (पूर्णपाठ)

देशलाई फेरि प्रयोगशाला बनाउन खोजिंदैछ– अध्यक्ष ओली

सम्बन्धित

टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित : दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि सफलता

टी–२० विश्वकप : नेपालले आफ्नो अन्तिम खेलमा आज स्कटल्यान्डसँग खेल्दै

टी–२० विश्वकप: यूएईलाई हराउँदै अफगानिस्तानको पहिलो जीत

वेस्ट इन्डिजसँग पराजित हुँदै सकियो नेपालको सुपर ८ सम्भावना

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले नेदरल्यान्ड्सलाई र युएईले क्यानडालाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com