काठमाडौं,३० कातिक । आगामी संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) का लागि दिल्ली डेयरडेभिल्सले नेपालका सन्दीप लामिछानेलाई रिटेन गरेको छ । रिटेन गरिएको पक्का भए पनि कति रकममा सम्झौता भएको भन्ने खुलिसकेको छैन । गएको संस्करणमा सन्दीपलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । ...