काठमाडौँ, २६ माघ । साफ यू–२० महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दै छ । बिहीबार ढाकास्थित वीर सहिद मुस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे खेल हुने छ । सोमबार नेपालले भारतलाई हराएर फाइनल प्रवेशको ऐतिहासिक मौका पाएको ...