ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड क्लब विश्वकपको फाइनलमा


एबीसी / संवाददाता

एजेन्सी, २६ माघ । रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मोरक्कोमा गएराति भएको सेमिफाइनलमा इजिप्टको अल आलीमाथि४–१ गोल अन्तरको सहज जित निकाल्दै मड्रिड उपाधि नजिक पुगेको हो ।

केही मुख्य खेलाडी बिना नै उत्रिएको मड्रिडले ४२औँ मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता लियो । पहिलो हाफमा १–० गोलको अग्रता लिएको मड्रिडले दोस्रो हाफमा थप ३ गोल गर्‍यो ।

खेलको ४६औँ मिनेटमा फेडेरिक भाल्भर्डेले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे । ६५औँ मिनेटमा अल आलीले खेलमा फर्कने प्रयास गर्‍यो । अली मालोउलले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता २–१मा झारेको थियो ।

खेलको ८७औँ मिनेटमा मड्रिडले अग्रता बढाउने मौका गुमायो । लुका मोड्रिच पेनाल्टीमा चुक्दा मड्रिडले खेलमा ३–१ को अग्रता लिने मौका गुमायो । मोड्रिचको प्रहार अल आलीका गोलरक्षक मोहम्मद अल सेवानीले बचाए ।

तर, खेलको इन्जुरी समयमा रोड्रिगोले गोल गर्दै मड्रिडले अग्रता ३–१ मा पुर्‍यायो । लगत्तै वैकल्पिक खेलाडी सर्जियो आरिबासले गोल गर्दै मड्रिडलाइ ४–१ को स्पष्ट जित दिलाए ।

मड्रिडले अब शनिबार उपाधिका लागि साउदी अरेबियाको अल हिलालसँग प्रतिस्पर्धा गर्ने छ । अल हिलाल ब्राजिलको फ्लामियालाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कामु प्रधानन्यायाधीशविरुद्ध बहालवाला न्यायाधीशकै उजुरी

सुनकोशीमा फेला परेको शव सिटिइभिटीका सहसचिव र विद्युत प्रशिक्षकको

सम्बन्धित

मलेसियासँगको शृंखला नेपाललाई

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, विराटनगर, कैलाली र बैतडीमा रंगशाला बनाउने

भारतलाई अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि

नेपाल फाइनल प्रवेशका लागि काजकस्तानसँग भिड्दै

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com