ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम विजयी


एबीसी / संवाददाता

काठमाडौँ, २३ माघ । ह्यारी केनको निर्णायक गोलमा टोटनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई हराएको छ ।

टोटनहमले घरेलु मैदान टोटनहम हटस्पर स्टेडियममा सिटीमाथि १–० को जित निकालेको हो । आइतबार राति भएको खेलको १५औँ मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

योसँगै केन टोटनहमका लागि इतिहासकै सबैभन्दा बढी गो गर्ने खेलाडी भएका छन् । इंग्ल्यान्डका कप्तानसमेत रहेका केनले टोटनहमका लागि २६७ गोल गर्दै सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन् । यसअघि सर्वाधिक गोलको कीर्तिमान जिम्मी ग्रेभ्सको नाममा थियो ।

२९ वर्षीय केनले क्लबका लागि पहिलो गोल सन् २०१९ डिसेम्बरमा गरेका थिए ।

उक्त अग्रता कायम राख्दै हटस्परले महत्वपूर्ण तीन अंक जोडेको छ । जितसँगै २२ खेलबाट ३९ अंक जोडेको टोटनहम पाँचौँ स्थानमा छ । यता पराजित सिटीले शीर्ष स्थानको आर्सनलसँगको दुरी छोट्याउने मौका गुमायो ।

एक खेल कम खेलेको सिटीले ४५ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट आर्सनलको ५० अंक छ । आर्सनल अझै ५ अंकले अघि छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com