पोखरा,२६ भाद्र । कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् । बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । सिमसिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्ममार्फत युवाले ...