ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिको आधुनिकीकरणमार्फत समृद्धि खोज्दै युवा


bhawani desk

पोखरा,२६ भाद्र । कृषि क्षेत्र ओझेलमा परेको बेला कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका युवा कृषिको आधुनिकीकरणमार्फत समृद्धिको खोजीमा लागेका छन् ।

बाँझिएका जग्गाको उपयोग गर्दै पशुपालन, तरकारी तथा फलफूलको व्यावसायिक खेती गरी रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ उनीहरु सक्रिय बनेका छन् । सिमसिम्ले नेपाने बहुउद्देश्यीय कृषि फार्ममार्फत युवाले उक्त योजना अघि सारेका हुन् । बाँझा जग्गामा व्यावसायिक खेती गरी बढ्दो बेरोजगारीको अन्त्य गर्ने अभियान थालिएको सो कृषि फार्मका अध्यक्ष हरिप्रसाद भुगाईंले बताउनुभयो ।

“सिमसिम्ले नेपाने क्षेत्रको तीन हजार २०० रोपनी जग्गा भाडामा लिई बहुउद्देश्यीय व्यावसायिक कृषि अभियान बढाउने सोचमा छौँ”, उहाँले भन्नुभयो, “हाल २०० रोपनी जग्गा वार्षिक प्रतिरोपनी रु एक हजार ५०० का दरले २५ वर्षका लागि भाडामा लिई काम थालेका छौँ, आवश्यकताअनुसार क्षेत्र बढाउँदै लैजाने लक्ष्य छ ।”

समाजका ज्येष्ठ नागरिकको अविभावकत्व र निर्देशन, युवाको क्रियाशीलता, साविक ढिकुपोखरी गाविस–१ भित्रका सर्वसाधारण मात्र संस्थापक शेयर सदस्य बनाई प्रतिसदस्य रु ५१ हजार शेयर रकम कायम गरिएको छ ।

कृषि फार्मका उपाध्यक्ष शिव अधिकारीका अनुसार संस्थामा हाल १९८ शेयर सदस्य आबद्ध छन् । पशुपालन र व्यावसायिक तरकारीखेती एकसाथ अगाडि बढाउने क्रममा आधुनिक गोठ निर्माण गरी ३८ माउ लैना भैँसी पालिएको र १५ माउ लैना भँैसी थप गर्ने तयारी गरिएको छ ।

हाल फार्ममा ३२ पाडापाडी, एउटा रागो, दुई माउ गाई र एउटा बाच्छो छ । फार्म परिसरमा १० हजार कफी, २६० किबी, पाँच सय एबोकाडो तथा पाँच सय मेकेडेनियनटको बिरुवा रोपिएको छ । आउँदो मङ्सिरभित्रमा बृहत् कृषि योजना तयार गर्दै भौगोलिक अवस्थिति, तापक्रम तथा माटो जाँच गरी कृषिको सम्भाव्यताको पहिचान गर्न लागिएको संस्थाका शेयर सदस्य एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिनुभयो ।

समूहको पाँच वर्षे कार्ययोजनामा पाँच सय भैँसी, एक हजार बाख्रा, २० हजार कुखुरा तथा फलफूलका लागि १००÷१०० रोपनीको १० वटा क्षेत्र छुट्टाएर व्यावसायिक कृषिमा लाग्ने योजना छ । घरबास कार्यक्रम सञ्चालन र १०० अट्न सक्ने क्षमताको बहुउद्देश्यीय सभा हल निमार्ण गरी कृषिको अवलोकन तथा अध्ययन गर्न एक लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको कुँवरले बताउनुभयो ।

हाल रु एक करोड ५० लाखमा सञ्चालित उक्त फार्ममा शेयर सदस्यबाट रु एक करोड ९८ हजार सङ्कलन भएको छ । अन्नपूर्ण गाउँपालिकाबाट पूर्वाधार निर्माणका लागि रु ४० लाख अनुदान तथा हरियो वनको सहयोगमा माछापुच्छ उत्तम कफी उत्पादन सहकारी सस्ंथाबाट रु सात लाख ८० हजार सहयोग प्राप्त भएको छ । सो फार्ममा आठ जनाले रोजगारी पाएका छन् । युवा स्वरोजगार अभिवृद्धिका लागि अन्नपूर्ण गाउँपालिकाले अनुदान सहयोग गरेको अध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

युवाको सक्रियता बढेपछि पछिल्लो समय जग्गा बाँझिने क्रम घट्दै गएको र प्रत्येक टोल र बस्तीका जग्गा उर्बर बनी आयआर्जनमा उपयोगी बन्दै गएको शेयर सदस्य एवं प्रतिनिधिसभा सदस्य दुर्गा विक बताउनुहुन्छ ।

“युवा पलायनलाई रोक्न यस्तो कार्यक्रम आवश्यक छ,” उहाँले भन्नुभयो । देशका अधिकांश स्थानमा जग्गा बाँझिने क्रम बढिरहेका अवस्थामा ढिकुरपोखरीमा सञ्चालित सो अभियानले अन्य स्थानमा पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको शेयर सदस्य एवं पत्रकार टंकराज अधिकारी बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com