ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वर्गद्वारी आश्रम भेटीका भरमा सञ्चालन


bhawani desk
भाद्र २५, २०७५ सोमबार   ४ : २५   बजे

प्यूठान, २५ भाद्र । स्वर्गद्वारी आश्रम भेटीका भरमा सञ्चालन भइरहेको छ ।
आश्रम सञ्चालन गर्न बजेट अभाव हुँदा भेटीको भर पर्नु परेको हो । गत आवमा आश्रममा झण्डै रु एक करोड ७० लाख भेटी सङ्कलन भएको थियो ।

उक्त रकम आश्रम सञ्चालनमा खर्च हुने गरेको आश्रमका लेखापाल वासु भट्टराइले जानकारी दिनुभयो । “अन्य आम्दानीको स्रोत नहुँदा भेटीबाटै आश्रम चलाउनु परिरहेको छ,” उहाँले भन्नुभयो, “भक्तजन नआए आश्रम सञ्चालन गर्न समस्या हुने अवस्था छ ।”

आश्रममा तेलमा मात्रै करीब रु ७० देखि रु ८० लाख खर्च हुन्छ । गाईपालन गर्न मासिक रु तीन लाखभन्दा बढी खर्च हुन्छ । गाईका लागि मासिक पाँच क्विन्टल दाना किन्नुपर्छ ।

दैनिक तीन क्विन्टल चामल प्रयोग हुन्छ । अहिले जेनतेन आश्रम सञ्चालन भइरहेको भट्टराई बताउनुहुन्छ । “रु ७० लाखदेखि रु ८० लाख तलबमै खर्च हुन्छ,” उहाँले भन्नुभयो । आश्रममा हाल करीब १५० कर्मचारी कार्यरत छन् । आश्रममा सञ्चालन गरिएको वेद पाठशालामा बटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेनी खर्च हुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group