काठमाडौं, ७ असोज । सरकारी निकायमा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी ६२ अर्ब रुपैयाँका सफ्टवेयर तथा हार्डवेयर खरिदमा भ्रष्टाचार भएको आशंकासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ । आयोगले मन्त्रालय तथा सरकारी निकायबाट खरिदसम्बन्धी ठेक्कापट्टाका फाइल झिकाएर विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाएको हो ...