ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र क्यानडाबीच तनाव बढ्दा के चीनलाई फाइदा हुन्छ ?


एबीसी न्यूज

काठमाडौं ५ असोज । क्यानडा र भारतबीच पछिल्ला दिन तनाव बढ्दो छ । गएको सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको बताएपछि दुई देशबीच तनाव चुलिएको हो ।

क्यानडाको भूमिमा भारतीय एजेन्टले एकजना नागरिकको हत्या गरेको जनाउँदै ट्रुडोले यसलाई विदेशी हस्तक्षेप र अन्तर्राष्ट्रिय कानूनको उल्लंघन बताएका छन् । क्यानडा र भारचबीच तनाव बढ्दा अन्य राष्ट्रहरु पनि यसमा तानिएका छन् । दुवैसँग अति घनिष्ट सम्बन्ध रहेका अमेरिका, बेलायत र अष्ट्रेलियाले घटनालाई चिन्ताजनक बताएका छन् ।

अमेरिका, बेलायत र अष्ट्रेलियाले प्रत्यक्ष रुपमा तीनवटा सर्त अघि सारेका छन्– घटनाको अनुसन्धान अघि बढ्नुपर्ने, यसमा भारतले सघाउनुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने ।

यी तीन राष्ट्रले अर्को कुरा पनि स्पष्ट भनेका छन्– आफ्ना मूल्य मान्यताका सिद्धान्त विपरीत कुनै पनि देशलाई समर्थन नगर्ने । अझ अमेरिकाले त एक कदम अघि बढेर यस घटनामा भारतलाई कुनै ‘विशेष छुट’ नमिल्ने बताइसकेको छ ।

क्यानडामा विदेशी हस्तक्षेपको मुद्दा बारम्बार उठ्छ । यसअघि रुस र चीनमाथि क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लाग्थ्यो । अहिले नयाँ नाम थपिएको छ– भारत । हस्तक्षेपकै कारण रुस र चीनसँग क्यानडाको सम्बन्ध लामो समयदेखि राम्रो छैन । अहिले यो सूचीमा भारत जोडिन आएको टिप्पणी क्यानडाका मिडियाले गर्न थालेका छन् ।

भारतले भने क्यानडाले लगाएको आरोप स्वीकारेको छैन । उल्टो क्यानडालाई आरोप लगाइरहेको छ– खालिस्तानीहरुको संरक्षण गरिरहेको छ । यही मुद्दाबाट ध्यान अन्यत्र मोड्न क्यानडाले मनगढन्ते आरोप लगाएको भनाई भारतको छ ।

ट्रुडोको आरोपपछि क्यानडा र भारतले ट्राभल एडभाइजरी जारी गर्दै एकअर्काको देशमा भ्रमण गर्दा हदैसम्मको सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेका छन् । एक–एक जना कूटनीतिक कर्मचारीलाई दुवै देशले निष्कासन गरेका छन् । दुई देशबीचको क्रिया र प्रतिक्रियाले तनाव झन् बढाउँदै लगेको छ ।

क्यानडा र भारतबीच तनाव बढ्दै जाँदा र यी राष्ट्रलाई लिएर अन्य शक्ति राष्ट्रहरु विभाजित हुँदा यसको प्रत्यक्ष फाइदा चीनले उठाउने आशंका धेरैले गरेका छन् । पश्चिमी राष्ट्रलाई घेर्ने यो चीनलाई सूवर्ण अवसर हुनसक्ने आकलन गरिएको छ । यो घटनाबाट सबैभन्दा बढी फाइदा चीनले उठाउने टिप्पणी सबैभन्दा बढी क्यानडाका मिडियाहरु गर्दैछन् ।

क्यानडा यस घटनालाई लिएर अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउन लागिपरेको छ । एक लेभलमा पुगेपछि क्यानडालाई चीनको पनि समर्थन आवश्यक पर्नसक्छ । त्यसबेला चीनले अझ बढी खेल्न सक्नेछ ।

विवादमा चीनको प्रवेश

क्यानडा र भारतबीचको विवामा चीनले प्रवेश पाइसकेको छ । चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको मुखपत्रको रुपमा चिनिने ग्लोबल टाइम्सले आफ्नो लेखमा भनेको छ– जी २० सम्मेलनको बेला भारतीय प्रधानमन्त्री मोदी र क्यानडाका प्रधानमन्त्री ट्रुडोबीचको भेटवार्तामा उनीहरुको जुन हाउभाउ देखिएको थियो, त्यसैबाट संकेत प्राप्त भइसकेको थियो ।

ग्लोबल टाइम्सले लेखेको छ, “पश्चिम देश मानवअधिकारको रक्षक भएको दाबी गर्छन् र यसलाई लिएर हरेक दिन अर्को देशको आलोचना गर्छन् । तर ती देशहरु तथाकथित भारतीय लोकतन्त्रको प्रशंसा गर्छन् जुन भूराजनीतिक हित र चीन विरोधी एजेन्डा बनाउने उद्देश्यले पे्ररित हुन्छन् ।”

पश्चिम देशले भारत र आफूहरुबीच लोकतन्त्रको अन्तर राम्रोसँग बुझेका छन्, तर आफ्नो फाइदाको लागि भारतमा भइरहेको मानवअधिकार हनन् र घरेलु जातीय अल्पसंख्यकमाथिको अत्याचारप्रतिलाई बेवास्ता गर्ने गरेको आरोप ग्लोबल टाइम्सले लगाएको छ ।

लेखमा पश्चिमी राष्ट्रको यस्तो दोहोरो नीतिले उनीहरुको पाखण्ड उजागर गरेको उल्लेख छ । जानकारहरु भारत र क्यानडाबीच विवाद बढ्दै जाँदा यसले चीनलाई फाइदा हुने तर्क गर्छन् । यसअघि क्यानडामा विदेशी हस्तक्षेपको मुद्दा उठ्दा सबै चीनमाथि केन्द्रित हुन्थे । क्यानडाले चीनमाथि आफ्नो लोकतन्त्र कमजोर बनाउने कार्य गरेको आरोप लगाउँदै आएको छ ।

तर, हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको आरोप लागेपछि क्यानडामा हुने वैदेशिक हस्तक्षेपको मुद्दा नयाँ दिशातर्फ मोडिएको छ ।

चीनलाई कसरी हुन्छ फाइदा ?

क्यानडाको न्यूज वेबसाइट टोरन्टो स्टारमा प्रकाशित लेखमा भिलानोभा विश्वविद्यालयको चार्ल्स भिगर स्कुल अफ ल मा अन्तर्राष्ट्रिय कानूनका सहायक प्रोफेसर प्रेस्टन जोर्डन लिमले यस विवादमा चीनले कसरी प्रभावित गर्न सक्छ भन्ने उल्लेख गरेका छन् ।

लिमका अनुसार क्यानडा र भारतबीच विवाद बढ्दा पछिल्ला दिन पश्चिमी खेमामा हलचल मच्चिएको छ । यो किन भइरहेको छ भने चीनको विरुद्ध एकजुट हुनपर्दा कमजोर भइन्छ । अमेरिकाको नेतृत्वमा जुन क्षेत्रिय सुरक्षाको कुरा भइरहेको छ त्यसमा भारतको कमजोर उपस्थितीले चीनलाई फाइदा हुन्छ ।

लिमको दाबी छ– यदि भारतका विरुद्ध क्यानडाले ठोस सबुत दिन सक्यो भने योसँगै वैदेशिक हस्तक्षेप नयाँ अवस्थामा पुग्नेछ ।

चीनले पनि यति खुला तरिकाले कारवाही नगर्ने उनको बुझाइ छ । यदि आरोपलाई क्यानडाले प्रमाणित गरे चीनका एजेन्ट वीगर मुसलमानलाई शिनजियाङ्गमा फर्काउनको लागि अपहरणमा सहभागी भएको तथ्यलाई समेत यस घटनाले ओझेलमा पार्नेछ ।

हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई फाइदा

लामो समयदेखि चीन र क्यानडाबीच सम्बन्ध राम्रो छैन । उनीहरुबीच पनि तनाव छ । क्यानडाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप चीनमाथि लगाउँदै आएको छ । चीन र क्यानडाबीचको तनाव इन्डोनेसियाको बाली सहरमा आयोजित जी–२० शिखर सम्मेलनमा देखिएको थियो ।

सम्मेलनको दौरान चिनियाँ राष्ट्रपति सी चिनफिङ क्यानडाका प्रधानमन्त्री ट्रुडोसँग रिसाएका थिए । ट्रुडोसँग रिस पोख्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सी यसकारण रिसाएका थिए कि उनले ट्रुडोसँग गरेको कुराकानी अखबारमा लिक भएको थियो ।

भिडियोमा ट्रुडोलाई सी चिनफिङले भनिरहेका थिए, “पहिला भएका कुराकानीलाई तपाईँले मिडियामा दिन पाउनुहुन्न । यो ठिक भएन । कूटनीतिमा यस्तो काम गर्नु हुँदैन ।”

सार्वजनिक स्थानमा निकै सतर्क रहने चिनियाँ राष्ट्रपति इन्डोनेसियामा भिन्न तरिकाले प्रस्तुत भएका थिए । हिन्द–प्रशान्त ९इन्डो–प्यासिफिक०लाई लिएर पनि चीन र क्यानडा आमनेसामने हुने गरेका छन् । युरोप र अमेरिकाजस्तै क्यानडा पनि हिन्द–प्रशान्त क्षेत्रमा भारतलाई एक प्रमुख खेलाडीको रुपमा हेर्छ । भारत तोकतान्त्रिक राष्ट्र हुनुका साथै साझा मूल्य मान्यता रहेकाले क्यानडाको लागि भारतको महत्त्व बढी नै छ ।

क्यानडाले आफ्नो हिन्द–प्रशान्त रणनीतिमा स्पष्ट शब्दमा भनेको छ– चीन एक अस्थिरता पैदा गर्ने विश्व शक्ति हो । यसैकारण क्यानडाको रणनीति सहयोगी देशसँग मिलेर चीनको सामना गर्ने नै हुनेछ ।

क्यानडाले आफ्नो हिन्द–प्रशान्त रणनीतिमा भनेको छ, “चीनको उदय जुन अन्तर्राष्ट्रिय नियम–कानूनबाट भएको छ उ तीनैलाई अस्वीकार गर्न थालेको छ । चीनले जसरी आफ्नो सैन्यकरण गर्दैछ र समुन्द्री तथा वायु मार्ग नियन्त्रण गर्न चाहन्छ त्यसले अन्तर्राष्ट्रिय व्यवस्थामा ठूलो खतरा उत्पन्न हुनसक्छ ।”

चीन हिन्द–प्रशान्त क्षेत्रमा आफ्नो आर्थिक, कूटनीतिक र आक्रामक सैन्य तथा प्राविधि क्षमता बढाउन ठूलो लगानी गरिरहेको छ । यस्तो अवस्थामा क्यानडाले भारतलाई आफ्नो स्वभाविक सहयोगी मान्दै आएको छ । तर निज्जरको हत्या विवाद पछि क्यानडा र भारतबीच दूरी ह्वात्तै बढेको छ । यो दूरीले क्यानडाको हिन्द–प्रशान्त रणनीतिलाई कमजोर बनाउने छ ।

चीनलाई काउन्टर दिन बनेको पश्चिम राष्ट्रहरुको समूहलाई यसले नोक्सान गर्नेछ ।

पश्चिमी राष्ट्रलाई अप्ठेरो

अमेरिकाले निज्जरको हत्याको आरोपलाई लिएर चिन्ता व्यक्त गरेको छ । अमेरिकाले अनुसन्धानलाई अघि बढाउन र दोषीलाई न्यायको कठघरामा उभ्यान क्यानडालाई भनेको छ । क्यानडासँगको बढ्दो विवादले बेलायत र अष्ट्रेलियासँगको भारतको सम्बन्धमा पनि असर गर्न सक्छ । किनकि यी देशमा सिखको संख्या निकै ठूलो रहेको छ ।

बेलायतले पनि क्यानडाले व्यक्त गरेको गम्भीर चिन्तालाई ध्यानपूर्वक हेरिरहेको बताएको छ । पहिला घटनाको अनुसन्धान पुरा होस् भन्ने पर्खाइमा बेलायत छ । पश्चिमी राष्ट्रहरु अनुसन्धानको अन्तिम नतिजाको पर्खाइमा छन् । तर यहाँ प्रश्न यो छ– यदि भारतको संलग्नता भेटियो भने पश्चिमी राष्ट्रहरु के गर्छन् रु

यो प्रश्नको जवाफ पाउन वा दिन सजिलो छैन । यही अप्ठेरोमा पर्नेछन् पश्चिमी राष्ट्र ।

यसले एकआपसको सम्बन्ध सपार्ने र बिगार्ने दुवै गर्नसक्छ । कानूनी शासनको समर्थन गर्ने वा राजनीतिक आवश्यकता हेर्ने– यी दुईमध्ये एकलाई रोज्नुपर्दा जुन अप्ठेरो हुन्छ त्यो अवस्था पश्चिमी राष्ट्रले सामाना गर्नुपर्नेछ ।

‘खालीस्तान’ र भारत–क्यानडा सम्बन्ध

भारतमा सिख पृथकतावादीहरुले अलग देशको माग गर्दैै आएका छन् । उनीहरुले मागेको देश थियो– खालीस्तान । यो आन्दोलनले खास गति असीको दशकमा लिएको थियो । सन् १९८४ मा सिख पृथकतावादीले भारतको तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या गरेका थिए । त्यसपछि भारतले सिख पृथकतावादीविरुद्ध कडा नीति लिँदै आएको छ ।

सन् १९८४ मा इन्दिरा गान्धीले अमृतसरको स्वर्ण मन्दिरमा सैनिक पठाएकी थिइन् । स्वर्ण मन्दिर सिखको लागि पवित्र स्थल हो । स्वर्ण मन्दिरमा हतियारसहित सिख चरमपन्थीहरु भेला भएका थिए । ‘अपरेसन ब्लू स्टार’ को नामले चर्चित यस घटनाामा ८३ जना भारतीय सेना मारिएका थिए भने २४८ जना सैनिक घाइते भएका थिए ।

यसको अलवा घटनामा ४९२ अन्य मानिसको मृत्यु भएको थियो । घटनामा १ हजार ५९२ जनालाई हिरासतमा लिइएको थियो । उक्त घटनाको एक वर्षपछि सन् १९८५ मा क्यानडामा रहेका खालीस्तान पृथकतावादी समूहले एयर इन्डिया विमानमा बम विस्फोट गराएका थिए ।

टोरन्टोबाट लण्डन गइरहेको एयर इन्डियाको फ्लाइटमा विस्फोट भएको थियो । उक्त विस्फोटमा परी विमानमा रहेका सबै ३२९ जनाको मृत्यु भएको थियो । यो क्यानडामा भएको सबैभन्दा डरलाग्दो आतंकवादी आक्रमण थियो । यस घटनालाई नरसंहारको रुपमा पनि हेरिन्छ ।

लामो अनुसन्धानपछि सन् २००५ मा ब्रिटिस कोलम्बियाका दुईजना सिख पृथकतावादीलाई रिहा गरिएको थियो । यो घटनाको अनुसन्धानको क्रममा कयौं साक्षीको मृत्य र हत्या भएको छ । साक्षीलाई बयान नदिन धम्की दिइएको थियो ।

खासगरी यसवर्ष खालिस्तानी पृथकतावादीलाई लिएर क्यानडा र भारतबीच तनाव तब बढ्यो जब केही महिनाअघि ब्राम्पटनमा आयोजित परेडमा एउटा झाँकी देखाइयो ।
Source : https://www.bbc.com/hindi/articles/c8v5zny17y7o?fbclid=IwAR1fGXHAU9qCdtBLi3yvHTexR7xwQCMqOu2Jraby4f_wRZeU48GJ6KIwxpg

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com