काठमाडौ ७ असोज । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेको चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेको मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएको हो ।
आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।यस्तै, गए राति नै काठमाण्डौ महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस्