काठमाडौं १ माघ ।नेपाली कांग्रेसको विशेष महाधिवेशनले पार्टीको नेतृत्व संरचनामा मात्र परिवर्तन ल्याएको छैन, यसले कांग्रेसभित्र दशकौँदेखि चल्दै आएको शक्ति–सन्तुलनको समीकरण नै उल्ट्याइदिएको छ। भृकुटीमण्डपबाट गगन थापा सभापतिमा निर्वाचित भएसँगै कांग्रेस अब “संस्थापन बनाम सुधारक” को द्वन्द्वबाट बाहिर निस्किएर नयाँ पुस्ता बनाम पुरानो शक्ति संरचना को संक्रमणकालमा ...