आठराई (तेह्रथुम), २८ भदौ । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा वडा कार्यालयको भवन निर्माणका लागि निःशुल्क दुई रोपनी जग्गा उपलब्ध भएको छ । अर्पेट एण्ड कम्पनी, दमकका सदस्य भैरव सिटौलाबाट वडा कार्यालयलाई करिब रु ३२ लाख मूल्य बराबरको जग्गादान भएको वडाध्यक्ष तेजप्रसाद कन्दङवाले जानकारी दिनुभयो । ...