ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नहर मर्मत नहुँदा खेत बाँझै


एबीसी न्यूज

पर्वत, ११ माघ  ।   जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ ।

गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो ।

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–दोबिल्ला सडक विस्तारको क्रममा नहर पुरिएको हो । नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा खेत बाँझो रहेको स्थानीयवासी शालिग्राम लामिछानेले बताउनुभयो । सिँचाइको एक मात्र विकल्पको रूपमा रहेको उक्त नहर सञ्चालनमा नआउँदा यस वर्ष धान उत्पादनमा दुई तिहाइले कमी आएको उहाँको भनाइ छ ।

अहिले हिउँदे तरकारी लगाउने समयमा पनि खेत बाँझो रहेकामा यहाँका किसान निराश छन् । तरकारी, गहुँ, तोरी, फापरलगायत खेती हुने ठाउँ बाँझै छ । गत जेठमा नहर पुरिएपछि अधिकांशले आकाशेपानीको भरमा धान रोपाइँ गरेका थिए । अहिले पानी नपर्दा खेत जोत्न समस्या भएको छ ।

“अघिल्लो वर्ष २१ मुरी धान फलाएकी हुँ, यस वर्ष मुस्किलले आठ मुरी मात्रै फल्यो,” स्थानीयवासी विष्णुकुमारी लम्सालले भन्नुभयो, “कुलो नहुँदा अन्न उब्जाउन समस्या भएको छ ।”

नहरको मूल झण्डै पाँच किलोमिटर टाढा लमाए खोलामा रहेको छ । विगत चार वर्षअघि नहर बनेपछि किसानले मौसमी, बेमौसमी तरकारी तथा खाद्यबालीबाट पर्याप्त आम्दानी गर्दै आएका थिए । मुडिकुवाका सिर्सुवा, एक्लेफाँट, तल्लोसेरा, बाह्रबिसे, नौबीसे, छबीसे, सातबीसेलगायत फाँट अझै सिँचाइको अभावमा बाँझै छन् । तरकारी बेचेर आम्दानी गर्ने यहाँका कृषक अहिले बजारबाट किनेर खानुपर्ने अवस्थामा पुगेका स्थानीयवासी घनश्याम भुसालको भनाइ छ ।

सडक निर्माणको ठेक्का लिएको कम्पनी आशिष फेवा नयाँबाटोले बिग्रिएको कुलो मर्मत गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने गरेको छैन । आयोजनाका प्रतिनिधि नीलकुमार राईले नहर मर्मतमा आयोजना पक्ष सकारात्मक भएको बताउनुभयो । “हामीले त्यतिबेलै मर्मत गरिदिन्छौँ भनेका हौँ” उहाँले भन्नुभयो, “उपभोक्ता आफैँले बनाउँछौँ भनेपछि उहाँहरूकै जिम्मा लगाएका हौैँ ।” (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com