ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नहर मर्मत नहुँदा खेत बाँझै


एबीसी न्यूज
माघ ११, २०७४ बिहीबार  १२ : ५६ बजे

पर्वत, ११ माघ  ।   जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ ।

गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै दुई हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो ।

कालीगण्डकी लोकमार्गअन्तर्गत फलेबास–दोबिल्ला सडक विस्तारको क्रममा नहर पुरिएको हो । नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा खेत बाँझो रहेको स्थानीयवासी शालिग्राम लामिछानेले बताउनुभयो । सिँचाइको एक मात्र विकल्पको रूपमा रहेको उक्त नहर सञ्चालनमा नआउँदा यस वर्ष धान उत्पादनमा दुई तिहाइले कमी आएको उहाँको भनाइ छ ।

अहिले हिउँदे तरकारी लगाउने समयमा पनि खेत बाँझो रहेकामा यहाँका किसान निराश छन् । तरकारी, गहुँ, तोरी, फापरलगायत खेती हुने ठाउँ बाँझै छ । गत जेठमा नहर पुरिएपछि अधिकांशले आकाशेपानीको भरमा धान रोपाइँ गरेका थिए । अहिले पानी नपर्दा खेत जोत्न समस्या भएको छ ।

“अघिल्लो वर्ष २१ मुरी धान फलाएकी हुँ, यस वर्ष मुस्किलले आठ मुरी मात्रै फल्यो,” स्थानीयवासी विष्णुकुमारी लम्सालले भन्नुभयो, “कुलो नहुँदा अन्न उब्जाउन समस्या भएको छ ।”

नहरको मूल झण्डै पाँच किलोमिटर टाढा लमाए खोलामा रहेको छ । विगत चार वर्षअघि नहर बनेपछि किसानले मौसमी, बेमौसमी तरकारी तथा खाद्यबालीबाट पर्याप्त आम्दानी गर्दै आएका थिए । मुडिकुवाका सिर्सुवा, एक्लेफाँट, तल्लोसेरा, बाह्रबिसे, नौबीसे, छबीसे, सातबीसेलगायत फाँट अझै सिँचाइको अभावमा बाँझै छन् । तरकारी बेचेर आम्दानी गर्ने यहाँका कृषक अहिले बजारबाट किनेर खानुपर्ने अवस्थामा पुगेका स्थानीयवासी घनश्याम भुसालको भनाइ छ ।

सडक निर्माणको ठेक्का लिएको कम्पनी आशिष फेवा नयाँबाटोले बिग्रिएको कुलो मर्मत गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने गरेको छैन । आयोजनाका प्रतिनिधि नीलकुमार राईले नहर मर्मतमा आयोजना पक्ष सकारात्मक भएको बताउनुभयो । “हामीले त्यतिबेलै मर्मत गरिदिन्छौँ भनेका हौँ” उहाँले भन्नुभयो, “उपभोक्ता आफैँले बनाउँछौँ भनेपछि उहाँहरूकै जिम्मा लगाएका हौैँ ।” (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com