काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफ्ना बुवा लालवीर चौधरीलाई पार्टीको नयाँ अध्यक्ष बनाएका छन् । काठमाडौंमा बुधबारदेखि भएको प्रथम राष्ट्रिय भेलाबाट वर्तमान अध्यक्ष एवम् पत्नी रञ्जिता चौधरीलाई पार्टीको साधारण सदस्यबाटसमेत हटाउने निर्णय पारित गराउँदै रेशमले बुवालाई नेतृत्व सुम्पिएका हुन् । ...