काठमाडौ १६ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ । प्रदेशसभाको हिजोको बैठकले विश्वासको मतका लागि पेश गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेश गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेश गर्नुभएको ...