ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकबाट तीन वर्षे कार्ययोजना स्वीकृत


abc news
श्रावण १४, २०८२ बुधबार   १२ : ०६   बजे

काठमाडौ १४ साउन । नेपाल–भारत सीमा कार्यदलको सातौं बैठकले सीमा क्षेत्र ९दशगजा० मा गर्नुपर्ने आवश्यक प्राविधिक कार्यहरुको तीन वर्षे कार्ययोजना स्वीकृत गरेको छ ।

भारतको नयाँ दिल्लीमा हिजो सम्पन्न बैठकले कार्ययोजना स्वीकृत गरेको हो । दुईपक्षीय बैठक हुन नसक्दा पछिल्लो ६ वर्षदेखि सीमा क्षेत्रमा गरिनुपर्ने प्राविधिक कार्यहरु रोकिएका थिए ।

बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निरीक्षण र मर्मतसम्भारका कामलाई अझै प्रभावकारी बनाउन सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउने सहमति जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गर्नुभएको थियो ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस मकवानाले गर्नुभएको थियो ।

बैठकले सन् २०१९ मा देहरादूनमा भएको छैटौं बैठकको नतिजाको कार्यान्वयनको समीक्षा पनि गरेको छ ।

बैठक विभिन्न सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको र दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आउँदो महिना नेपालमा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने मितिमा नेपालमा गर्ने सहमति जनाएका छन् । सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group