काठमाडौ १४ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार ३२ लाखभन्दा धेरै नेपाली टुजीका प्रयोगकर्ता रहेका छन् ।
गएको जेठसम्म टुजीका प्रयोगककर्ता ३२ लाख १ हजार रहँदा दुई करोड ५४ लाख नेपालीले फोरजी प्रविधिमा आधारित मोबाइलमा इन्टरनेट चलाउने गरेको तथ्याङ्क छ ।
कुल जनसङ्ख्याको तुलनामा झन्डै ८८ प्रतिशतले फोरजी चलाउने गरेको प्राधिकरणको तथ्याङ्कले देखाएको हो । विश्वमा सीक्स जीको तयारी भइरहँदा नेपाल भने फाइभजीमा पुग्न सकिरहेको छैन ।
नेपाल टेलिकमले फाइभजीको परिक्षण गरे पनि लगानी र बजारको कारण शुरुवात गरेको छैन । फाइभजी मोबाइल नेटवर्क उपलब्ध नभएकाले नयाँ प्रविधिमा नेपाल पछाडि नै छ ।
नेपालले डिजिटल कनेक्टिभिटीमा राम्रो सुधार गरेको तर चुनौतीहरु कायमै रहेका राष्ट्रसङ्घ मातहतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ ९आईटीयू० ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पनि उल्लेख छ ।
यसैबीच मोबाइल सेवा प्रदायकको आम्दानीमा कमी आएपछि सरकारले फ्रि वाइफाइमा कडाइ गर्ने तयारी गरेको छ ।
प्राधिकरणले मनोमानीरुपमा वाइफाइ हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।







प्रतिक्रिया दिनुहोस्