काठमाडौ १४ साउन । सिरहामा एक वृद्धको हत्या भएको छ । धनगढीमाई नगरपालिका(११ आमचोकका ७५ वर्षीय अनिल लाल यादवको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार राति सुतेकै ठाउँमा अज्ञात व्यक्तिले हतियार प्रहार गरी उनको हत्या गरेको हो ।
आज बिहान ६ स् २० बजे प्रहरीलाई उनी घाइते भएको खबर आएको थियो । प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा बिहान ८स्२० बजे उनको मृत्यु भएको डीएसपी पासवानले बताए ।
उनको हत्या विरोधमा स्थानीयले बिहान केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्