काठमाडौ ९ असार । गुन्डा नाइके भनेर चिनिएका काभ्रेका कांग्रेस नेता गणेश लामाले सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ पाएका छन्। लामालाई दोषी ठहर गर्ने विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्च अदालतले सफाइ दिएको हो। २०७५ साउन २४ गते लामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका ...