काठमाडौ ९ असार । नेपालका सुनचाँदी व्यवसायीहरूको संरक्षण गरी कर प्रणाली चुस्त बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको अर्थ समितिको बैठकले उद्योगी व्यवसायीहरूको संरक्षण गर्न र कर प्रणाली चुस्त बनाउन सरकारलाई निर्देशन दिएको हो ।
समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति सन्तोष चालिसेले अरू देशमा बजार नजाने गरी यहाँका उद्योगी व्यवसायीहरूको संरक्षण गर्नेगरी यसलाई सम्पूर्ण शुद्धीकरण गर्नुपर्ने बताउनुभयो । उद्योगी व्यवसायी बाँकी रहेमात्रै कर उठ्ने भन्दै उहाँले उद्योगी व्यवसायीहरूको संरक्षण गर्ने किसिमको नीति आवश्यक रहेको उल्लेख गर्नुभयो ।
समितिमा आज आर्थिक विधेयकमार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा आन्तरिक छलफल भएको हो ।








प्रतिक्रिया दिनुहोस्