ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले इरानमाथि आक्रमण गर्न १२५ वटा जहाज प्रयोग गरेको खुलासा


abc news

काठमाडौ ९ असार । अमेरिकाले झुक्क्याएर आइतबार इरानी आणविक भट्टीमा प्रहार गरेको खुलेको छ।

अमेरिकाले फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा बनाएको आणविक भट्टीसहित नतान्ज र इस्फहानमा रहेका भट्टीमा पनि आइतबार बिहान आक्रमण गरेको थियो।

फर्दोको पहाडमुनि रहेको भट्टी ध्वस्त पार्न बी(२ बमवर्षक विमानबाट झन्डै १४ टनको जिबियू–५७ भनिने सबभन्दा ठूलो बम प्रयोग गर्नुपर्थ्यो। रोयटर्सले पेन्टागनलाई उदृत गर्दै लेखेको समाचारअनुसार अमेरिकाले सो आक्रमण गर्न लागेको भनेर इरानले थाहा नपाओस् भनेर शनिबार मिजोरीबाट एक हुल बी(२ बमवर्षक विमान पश्चिमतर्फ लागे।

ती विमानहरू ट्रयाक गर्न नमिल्ने ९स्टेल्थ० भए पनि तीनले झुक्क्याउन सार्वजनिक रूपमै ट्रयाक गर्न मिल्ने गरी प्रशान्त महासागरतर्फ उडे। घरी ट्रयाक गर्न मिल्ने घरी नमिल्ने गर्दै तिनीहरू प्रशान्त महासागरमा रहेको गुआम शिविर तर्फ उडे।

मिजोरीबाट त्यो हुल पश्चिमतर्फ उडेकै समयमा सातवटा बी(२ बमवर्षक विमान भने दुई(दुई वटा जिबियू–५७ बंकरभेदी बम बोकेर इरानमा आक्रमण गर्न पूर्वतर्फ लागे। ती जहाजहरू ट्रयाक गर्न नमिल्ने गरी नै झण्डै १८ घण्टा उडेर इरान पुगे। अनि ६ वटा बी(२ ले फर्दोमा १२ वटा जिबियू–५७ प्रहार गरे। अर्कोले नतान्जमा दुईवटा जिबियू–५७ खसाल्यो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि देखि नै इरानमा आक्रमण गर्ने सन्देश दिएकाले इरानीहरूलाई झुक्क्याउन अमेरिकी सेनाले केही बी(२ बमवर्षक विमान देखिने गरी इरानतर्फ नभएर पश्चिमतर्फ उडाएको खुलेको छ।

ट्रम्पले आक्रमणबारे सार्वजनिक टिप्पणी वा आफ्नो सामाजिक संजालमा पोस्ट गर्लान् भनेर सो आक्रणको योजना बनाइरहेका जनरलहरूलाई ठूलो चिन्ता रहेको बताइन्छ। इसराइलले जुन १३ मा हमला गरेदेखि नै फर्दोमा रहेको भट्टीमा प्रहार गर्न अमेरिका पनि सहभागी हुने खालको सन्देश दिएका थिए।

यस्तोमा इरानीहरू अमेरिकी आक्रमणबारे पक्कापक्की भएर बसेका थिए। त्यसैले उनीहरूलाई झुक्क्याउन आफ्ना जनरलहरूको सल्लाह अनुसार ट्रम्पले केही दिनअघि दुई हप्ताभित्र इरानमाथि आक्रमण गर्ने कि नगर्ने भन्ने निर्णय लिने बताएको मानिन्छ।

ल्अज
िल्अभिि
इरानमाथि आक्रमण गर्न अमेरिकाले बी(२ बमवर्षक विमान, लडाकु विमान र हावामै ती विमानहरूमा तेल हाल्न इन्धन बोक्ने विमानहरू गरी १२५ वटा भन्दा बढी विमानको प्रयोग भएको अमेरिकी मिडियाले लेखेका छन्।

अमेरिकी अनलाइन एक्सियसका अनुसार हमला गर्नु केही दिनअघि बी(२ बमवर्षक विमानको सुरक्षाका निम्ति ती भट्टीको आसपास रहेका इरानका एअर डिफेन्स सिस्टम ध्वस्त पार्न इसराइललाई अमेरिकाले आग्रह गरेको थियो। अमेरिका आफैले पनि केही एअर डिफेन्स सिस्टमको लोकेसन दिएको थियो।

त्यसपछि इरान पुग्ने बेलामा सुरूमा लडाकु विमानहरू गएर केही स्थानमा प्रहार गरे। अनि त्यसपछि बी(२ बमवर्षक विमानले बंकरभेदी जिबियू–५७ बम खसाले।

अपरेसन ुमिडनाइट ह्यामरु नाम दिइएको सो अमेरिकी आक्रमणमा लडाकु र बमवर्षक विमानहरू बाहेक एक पनडुब्बीले समेत इरानमाथि मिसाइल प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले खुलाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

मधेसी भएकाले राजकुमारलाई राजीनामा दिन बाध्य पारियो, बलरामले दिनुपर्दैन- उपेन्द्र यादव

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

च्यासलमा एमाले सचिवालय बैठक

उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

वाइसिएललाई प्रचण्डको निर्देशन- तयार रहनू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com